March 26, 2025, Wednesday
२०८१ चैत्र १३

सन्चारकर्मी ईश्वरीको नयाँ अबतार “माया छ की छैन” (भिडियो)

२०८१ जेष्ठ २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.3K

 

सन्चारकर्मी ईश्वरी बरालको अब नयाँ परिचय स्थापित हुँदै गएको छ । लामो समयदेखि पत्रकारितामा सक्रिय बरालले फेरी अर्को नयाँ गीत ‘माया छकी छैन’ सार्वजनिक गरेकी छिन । गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ। भिडियोमा गायिका बरालको पनि अभिनय देख्न सकिनेछ। शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।

म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखानामा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ । गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरीलगायत रहेका छन । हाल ईश्वरी देश सन्चार अनलाईनमा कार्यरत रहेकी छिन ।