Newyork Time 12:47 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

१९७४ ब्याण्ड स्थापनाको ३० वर्षमा अमेरिकाको ६ सहरमा

२०८१ बैशाख ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

325

लोकप्रिय ब्यान्ड ‘१९७४ एडी’ले वर्षको पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट अमेरिकाबाट सुरु गर्दैछ । २९ वैशाखमा मिनिसोटाबाट कन्सर्ट यात्रा सुरु हुने ब्यान्डले जनाएको हो ।

स्थापनाको ३० वर्षमा पुगेको यो ब्यान्ड अमेरिकाको ६ सहरमा गुञ्जँदैछ । कन्सर्टका लागि सदस्यद्वय निराकार याक्थुङ्बा, मनोजकुमार केसी र संजय श्रेष्ठ अमेरिका पुगिसकेका छन् । बाँकी तीन सदस्य फिरोज स्याङ्देन, एड्रियन प्रधान र मनोज सिंह उतै बसोबास गरिरहेका छन् ।

सन् १९९४ मा स्कुल पढाइरहेका शिक्षक मिलेर स्थापना भएको यो ब्याण्डले सन् २०२४ लाई विशेष वर्षको रूपमा मनाउन धेरैभन्दा धेरै फ्यानहरूसम्म पुग्ने अभियानस्वरुप कन्सर्टको आयोजना गर्ने योजनामा छ ।

अमेरिकाको कन्सर्ट भने जेठ २६ मा सियाटल सहरमा आयोजनासँगै समापन हुने ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए । अमेरिकापछि जापान, अस्ट्रेलियालगायत देशमा पनि कन्सर्ट गर्ने तयारी भइरहेको संजयले जनाए ।