Newyork Time 02:49 am
May 18, 2024, Saturday
२०८१ जेष्ठ ५

डा आयुष्नोभा बनिन् ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’

२०८१ बैशाख २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

155

डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छिन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेस्नल नेपाल २०२४’मा ढुंगानाले यो उपाधि जितेकी हुन् ।

उपाधिसँगै ‘मिस एलिगेन्स’समेत जितेकी छन् । कलाकारिता र चिकित्सा पेसालाई एकसाथ बढाइरहेकी ढुंगानाले बंगलादेशबाट एमबीबीएस गरेकी हुन् ।

प्रतियोगितामा आयुष्नोभासँगै सजिना खनालले ‘मिस सुप्रा नेसनल-२०२४’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’ को उपाधि प्राप्त गरे ।

त्यस्तै, ‘मिस ग्लोबल नेपाल २०२४’बाट मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’बाट क्षितिज श्रेष्ठ क्षेत्रीले उपाधि चुमे । सनुर्वी इन्टरनेसनलले आयोजना गरेको यो प्रतियोगितामा २९ प्रतिस्पर्धी सहभागी थिए ।