Newyork Time 11:27 am
May 2, 2024, Thursday
२०८१ बैशाख २१

नायक दिलीप रायमाझी अमेरिका छाडेर नेपाल फर्किए

२०८१ बैशाख ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

390

 

लामो समय अमेरिका बसेर अबको समय नेपालमा नै स्थायी रुपमै बस्नेगरी अभिनेता दिलीप रायमाझीको परिवार अमेरिकाबाट नेपाल फर्किएका छन । थोरै नेपाली अमेरिकाबाट नेपाल फर्किन्छन त्यहि थोरैमा अभिनेता रायमाझीको परिवार परेको छ । स्थायी बसोबासका लागि उनले नयाँ बानेश्वर क्षेत्रमा घर समेत किनेका छन् । छोरी दिव्या गत साता काठमाडौं आइपुगेर डेब्यु तयारीमा रहेको फिल्म ‘एक्टर’को कार्यशाला सहभागी भएकी छिन । ‘हामी अब नेपालमै बस्नेगरी अमेरिकादेखि फर्कियौं,अभिनेता रायमाझीले बताएका छन । उनको परिवार नयाँ घरमा सरिसकेको छ । छोरी दिव्याले अब फिल्म र अध्ययनलाई काठमाडौंबाट निरन्तरता दिने दिलीपले बताए ।

यसअघि दिलीप लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका थिए । त्यसबीचमा पनि उनले केही फिल्म, टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा काम गरे । दिव्याको कुरा गर्दा उनको पहिलो फिल्म ‘एक्टर’ दुई सातापछि छायांकनमा जाने तयारीमा छ । उनले अर्को फिल्म ‘वरिष्ठ बलराम’ पनि साइन गरिसकेकी छन् । छोरीको र आफ्नो बाँकी जिवन फिल्ममा लगानी गर्ने उदेश्य बोकेर रायमाझीको परिवार नेपाल फर्केका हुन ।