Newyork Time 10:09 am
May 2, 2024, Thursday
२०८१ बैशाख २०

बेलायतमा ५ मेमा गायिका आनी छोइङको कन्सर्ट हुने

२०८० चैत्र २०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

235

नेपालमा मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट आयोजना हुने भएको छ।

लण्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत् मानव सेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको जानकारी गराइएको छ।

१५ सय दर्शक क्षमता रहेको बेलायतको एउटा प्रसिद्ध क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम तय भएको आयोजकले बताएका छन्। कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्नेछ।

मानवसेवा आश्रम बेलायतका संयोजक सुनिलबाबु खड्काले आनीसँगै उनको ७ जना सम्मिलित वाद्यवादकहरूको टिम पनि नेपालबाट आउने बताए।

उनले नेपालमा  दुःखी, गरिब असहायहरूको सेवाका लागि र जोखिममा रहेका मानवहरूको उद्धारका लागि गर्न लागिएको पनि प्रष्ट पारेका थिए।

मानवसेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले विज्ञप्ति जारी गर्दै कन्सर्टबारे अवगत गराएका थिए।