Newyork Time 04:41 pm
May 2, 2024, Thursday
२०८१ बैशाख २१

ग्रीस पठाउँछु भन्दै लाखौ ठगी आरोपमा दुई जना पक्राउ

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

575

काठमाडौं । ग्रीस पठाइदिन्छु भनेर ६९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा महोत्तरीको गौशाला नगरपालिका–१२ का २३  वर्षीय निशेष कुमार मुक्तान र गोरखाको धार्चे गाउँपालिका–५ का २० वर्षीया विनिता गुरुङ छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई मंगलबार बसुन्धाराबाट पक्राउ गरेको हो ।

उनीहरु दुई जना मिलेर १२ जनालाई ग्रीस पठाइदिन्छु भनेर उनीहरुबाट ६९ लाख ३० हजार लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।