Newyork Time 08:03 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

काण्डमा मुछिएका र गैरकुटनीतिज्ञहरु महावाणिज्यदुत बनाउने अन्तिम तयारी ! को कहाँ बन्दैछन महावाणिज्यदुत ?

२०८१ जेष्ठ २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

450

 

मुलुकमा नियम कानुन र वरिष्टता तथा योग्यताको कुनै सीमा नभएपछि अराजकता निम्तिन्छ । यतिखेर त्यहि अराजकताको चरम सीमा पार गर्दैछ । सरकार चलाउनेहरुको ध्यान सरकार टिकाउने बहानामा नियम कानुनलाई धोती लगाएर जे आईपर्छ त्यहि गर्न लालायीत छन । कर्मचारी प्रशासनका लागि यहि समय स्वर्गीय समय हो भन्दै पाएसम्मका सबै अवसर दिने दौडमा छन । यतिखेर त्यहि भएको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका २ शक्तिशाली सहसचिवहरु परराष्ट्र मन्त्रालयमा सरुवा भएर । सरुवा हुने वित्तिकै उनिहरुले परराष्ट्र मन्त्रालयमा सुचना पठाए हामी काम गर्ने सहसचिव होईनौं है आदेश दिने सहसचिव र्हौ । परराष्ट्र श्रोतले दिएको जानकारी अनुसार उनिहरुलाई प्रधानमन्त्रिले पराराष्ट्र मन्त्रालय अन्तरगतका आकर्षक मानिने वाणिज्य नियोगहरुमा नियुक्ति दिलाउन नवराज ढुंगाना र नारायणप्रसाद भट्टलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो । परराष्ट्र मन्त्रालयमा यहि सरुवाको कारण असन्तुष्टि चुलिएको छ । थुपै्र योग्य कर्मचारी हुँदा हुँदै किन अन्य मन्त्रालयबाट लैजानु परेको भन्दै परराष्ट्रमन्त्रिसमक्ष नै उपल्लोस्तरका कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरिसकेका छन । जवाफमा परराष्ट्रमन्त्रि नारायण काजी श्रेष्ठले यो सरुवा आफ्नो विवेकले नभै माथिल्लो निकायबाट सिधै भएको भन्दै तर्किएएका थिए । स्मरणीय रहोस ती सरुवा भएकामध्ये एक नवराज ढुंगाना ६१ किलो सुन काण्डमा मुछिएका सहसचिव हुन । उनको संलग्नताबारे राजस्व अनुसान्धान विभागले २०८० माघ १७ गते बयान दिएको थियो । त्यसमा उनको संलग्नता पुष्टि भएको र प्रधानमन्त्रिको सिधा निर्देशनमा उनको संलग्नतालाई कमजोर बनाइएको प्रधानमन्त्रि कार्यलयभित्र नै हल्ला चलेको थियो ।

२७ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रशासन महाशाखा हेर्ने सहसचिव नारायणप्रसाद भट्टलाई परराष्ट्र मन्त्रालय अन्तरगत सरुवा गरिएको हो । त्यस्तै प्रधानमन्त्री कार्यालय अन्तरगतको राजस्व अनुसन्धान विभागका महानिर्देशक रहेका नवराज ढुंगानालाई पनि परराष्ट्रमा सरुवा गरिएको छ । आकर्षक र बढी लाभको पद मानिने महावाणिज्यदूत पदमा नियुक्तिका लागि उनीहरुलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको प्रधानमिन्त्र कार्यलय श्रोतको दावी छ ।

लामो समयदेखि प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्तासमेत रहेका भट्टलाई चीनको ग्वान्झाओस्थित महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गर्ने तयारी छ । उनी निजामती सेवाभित्रका चतुर तर काम भन्दा नेताको ढोका चार्ने प्रशासकका रुपमा परिचित छन् । उनलाई कर्मचारी बृतमा जता पनि ठिक्क हुने चतुर कर्मचारी भनेर चिन्छन । उता ढुंगानालाई भारतको कोलकातास्थित महावाणिज्यदूत नियुक्त गर्ने तयारी अनुरुप परराष्ट्रमा सरुवा भएको हो । २०७९ को भदौदेखि पुससम्म वीरगञ्ज भन्सार कार्यालयको प्रमुख रहेका ढुंगाना त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवसमेत थिए । १२ असार २०८०मा उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त भएर काम गरिरहेका थिए ।

हाल कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेल आगामी १ साउनअघि नै काठमाडौं फर्किने तय छ । तर, त्यसअघि नै पौडेललाई फिर्ता बोलाएर ढुंगानालाई पठाउने गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री कार्यालयमै रहेका अर्का एक शक्तिशाली सहसचिवलाई निकट भविष्यमा नै अमेरिकाको राष्ट्रसंघीय स्थायी नियोगमा इकोनोमिक कन्सुलरको अस्थायी दरबन्दी सिर्जना गरेर पठाउने गृहकार्य समेत भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । न्यूयोर्कस्थित नियोगमा पनि कोही मानिसलाई दरबन्दी थपेर पठाउन लागिएको हल्ला छ । उक्त श्रोतले भन्यो परराष्ट्र मन्त्रालयमा काविल कमचारी रहँदा रहँदै बाहिरबाट ल्याउनुले परराष्ट्र मन्त्रालयको आकर्षण मात्रै घट्दैन की कुटनीतिक मेरिटमा धक्का लाग्ने दावी गर्दछन । यसअघि हालका अर्थसचिव मधुकमार मरासिनी पनि यसैगरी अमेरिका पुगेका थिए ।
नेतासंगको पहुँचका आधारमा जोसुकै कर्मचारीले महावाणिज्यदूतको नियुक्ति पाउने प्रवृत्ति बढ्दै गएपछि परराष्ट मन्त्रालयप्रतिको आकर्षण घट्दो छ । विषय विज्ञताको आधारमा पठाउनु पर्ने वाणिज्य कूटनीति यस्ता आफन्त भर्ना गर्ने प्रवृतिले कमजोर बन्दै गएको छ । जसको असर नेपाली कुटनीतिक क्षेत्रमा परिरहेको छ । नेपालको ईतिहासमा सायदै यति कमजोर कुटनीतिक अवस्था सायदै थिएन भन्दै परराष्ट्र विज्ञहरु चिन्तित भएका छन । त्यसैले अन्तर्राष्ट्रिृय मन्चहरुमा नेपाल र नेपालीका विषय उठान कमजोर हुँदै गएका छन ।