Newyork Time 08:23 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

क्यानडाका लागि नेपाली राजदुत पौड्यालद्धारा ओहोदा प्रमाणपत्र प्रस्तुत, यस्ता छन पौडेलका आगामी कार्यसुचीहरु

२०८१ बैशाख २०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

455

होम लम्साल
क्यानडाका लागि नवनियूक्त नेपाली राजदूत भरतराज पौड्यालले क्यानडाका गभर्नर जनरल तथा कमाण्डर इन चीफ मेरी जे मे साइमनसमक्ष पद तथा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन । ओटावामा आयोजित समारोहमा पौड्यालले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन । ओहोदाको प्रमाणपत्र पेश गरेपछि राजदूत पौड्याललाई क्यानडाका गभर्नर जनरलले स्वागत गर्नुका साथै राजदूत पौड्यालले क्यानडाका गभर्नर जनरललाई नेपालको राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रममा राजदूत पौड्यालले गभर्नर जनरललाई नेपाल र क्यानडाबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको आयम, लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासका प्रयासलगायत विषय नेपाल सरकारका प्रमुख प्राथमिकताहरू रहेका जानकारी गराएका थिए । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र अतिकम विकसित मुलुक एलडीसीबाट नेपालको सहज र दिगो स्तरोन्नतिका लागि भइरहेको प्रयास र क्यानडा जस्ता विकसित राष्ट्रहरुबाट हुने सहयोगका बारेका प्रस्तुति दिएका थिए ।

 


क्यानडाका लागि नेपाली राजदूतको रूपमा मान्यता पाएकोमा राजदूत पौड्याललाई बधाई दिँदै गभर्नर जनरलले दुई देशबीचको सम्बन्धको आयमहरुबारे बताउँदै दुई देशबीचको सम्बन्ध थप बलियो बन्ने आशा व्यक्त गर्दै नेपालको नेतृत्वलाई शुभकामना दिएका थिए । गर्भनरले द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्था र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन क्यानडा सरकारको पूर्ण सहयोग रहने बचन दिंदै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको दुतावासले जनाएको छ ।
सो अवसरमा गभर्नर जनरलको कार्यालयका वरिष्ठ अधिकारीहरु, क्यानडा सरकारका उच्च पदस्थ अधिकारीहरु, ग्लोबल अफेयर्स क्यानडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समारोहमा राजदूत पौड्यालको साथमा उहाँका धर्मपत्नी, परिवारका सदस्यहरू र ओटावास्थित नेपाली राजदूतावासका अधिकारीहरूउपस्थिति रहेको दूतावासले जनाएको छ ।

राजदुत पौड्यालका विगत र आगामी कार्यसुचिहरु

राजदूत पौड्यालले सोही समारोहमा क्यानडा सरकारको निरन्तर सहयोगको प्रशंसा गर्दै द्विपक्षीय व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरण प्रवद्र्धन, आर्थिक साझेदारी जनताबीचको सम्बन्ध सुदृढ गर्न र आपसी सम्बन्धलाई अगाडि बढाउन क्यानडा सरकार र निजी क्षेत्रसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तीन बर्ष परराष्ट्र मन्त्रालयमा सचिव भएका पौडेल त्यस अघि मन्त्रालयमा संयूक्त राष्ट्र संघीय मामिला प्रमुख, मन्त्रालयका प्रवक्ता, चार बर्ष पाकिस्तानका लागि नेपाली राजदुत, दुई बर्ष सार्क डिभिजन प्रमुख, चार बर्ष जेनेभास्थित राष्ट्रसंघीय नियोगमा नायव डिपुटी स्थायी प्रतिनिधि, नेपालमा पासपोर्ट विभागमा डिजी भएर काम गरेको लामो अनुभव रहेको छ । पासपोर्ट विभागमा डिजी हुँदा पौडेलले नेपालको सरकारी कार्यालयलाई उत्कष्ठ कार्य सन्चालन गरेको भन्दै पहिलो पल्ट आईएसओ ९००१ दिलाएका थिए ।
क्यानडाका लागि राजदुतको कार्यभार संहाल्दै गर्दा पौडेलले आगामी दिनमा गर्नुपर्ने कार्यसुची नै तयार पारेका छन । खबरमालासंगको कुराकानीमा आफ्नो कार्यसुचीको फेहरिस्त नै सुनाए । राजदुत पौडेलको कार्य सुचिमा नेपालबाट वस्ुतको निर्यात बढाउने, क्यानडाबाट लगानी र प्रविधि भित्र्याउन पहल गर्ने, दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने, नेपालको पर्यटकीय गन्तव्यलाई चिनाएर प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने रहेका छन । त्यसैगरी क्यानडामा बढी रहेका नेपालीका समस्या समाधानका लागि छिटो र छरितो सेवा उपलब्ध गराउने, तत्कालै क्यानडाको ५ स्थानमा कन्सुलर सेवा दिने बताएका छन । कन्सुलर सेवाको लागि टोरोन्टो, एडमन्टन, भ्याँकुभर, क्यालगरीलगायत स्थानहरु तेकिएका छन । कार्यभार सम्हाले लगत्तै राजदुत पौड्यालले क्यानडामा भएका नेपाी विधार्थीहरुको विषमा बहुपक्षिय छलफल गरी आगामी दिनमा अपनाउनु पर्ने सजकताका बारेमा सुझाव दिएका छन । जुन नेपाली विधार्थीहरुका लागि निकै पलदायी हुने विषयहरु समावेस गरिएका छन ।