May 15, 2025, Thursday
२०८२ जेष्ठ २

विदेशी नियोगका प्रतिनिधिसँग कन्सुलर विभागको अन्तर्क्रिया

२०८१ जेष्ठ ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

810

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले काठमाडौंस्थित कूटनीतिक नियोगका कन्सुलर हेर्ने अधिकारीहरूसँग छलफल गरेको छ।

कूटनीतिक कर्मचारीका लागि राहदानी, परिचयपत्रलगायतका कार्यमा विभागले सहजीकरण गर्दै आएको छ। विभागले पहिलोपटक विदेशी नियोग, एडिबी, संयुक्त राष्ट्रसंघ र सार्क सचिवालयका कर्मचारीसँग मंगलबार छलफल गरेको हो।

विभागका महानिर्देशक प्रकाशमणि पौडेलले प्रभावकारी र द्रुत कन्सुलर सेवा प्रवाहका लागि विभाग प्रतिबद्ध रहेको बताए। छलफलमा ६० जना कूटनीतिक कर्मचारी सहभागी थिए। विभागले कन्सुलर विभागले प्रदान गर्ने कूटनीतिक सुविधाका बारेमा उनीहरूलाई जानकारी दिएको र उनीहरूको प्रश्नको समाधान गरिएको महानिर्देशक पौडेलले जानकारी दिए।