Newyork Time 12:10 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

सान मारिनो र गणतन्त्र निकारागुवामा गैरआवासीय राजदूत नियुक्त

२०८१ जेष्ठ २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

245

सरकारले सान मारिनो र गणतन्त्र निकारागुवाका लागि आवासीय राजदूत नियुक्त गरेको छ । यसअघि स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रहेका रामप्रसाद सुवेदीलाई सान मारिनो र संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि रहेका लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत जिम्मेवारी तोकेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सुवेदी र थापालाई आवासीय राजदूत तोकेका हुन् । राष्ट्रपति पौडेलले सुवेदी र थापालाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।