Newyork Time 08:02 am
May 18, 2024, Saturday
२०८१ जेष्ठ ५

क्यानडाका राजदूत पौड्याल र मैत्री समूहकी अध्यक्ष सीधुबीच भेटवार्ता

२०८१ बैशाख २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

195

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल र क्यानडा–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सोनिया सीधुबीच भेटवार्ता भएको छ । क्यानडास्थित नेपाली दूतावासका अनुसार उनीहरुबीच राजधानी ओटावामा भेटवार्ता भएको हो । उक्त अवसरमा दुई मुलुकको संसदीय सहकार्य र सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको थियो । साथै, उक्त अवसरमा दुई मुलुक बीचको सम्बन्धलाई थप बलियो बनाउनेबारे पनि कुराकानी भएको दूतावासले जनाएको छ । कार्यभार सम्हाले लगत्तै राजदुत पौड्यालले कुटनीतिक गतिविधिलाई सक्रिय बनाएका छन ।