Newyork Time 07:04 pm
May 19, 2024, Sunday
२०८१ जेष्ठ ७

परराष्ट्रमन्त्री श्रेष्ठ बोआओ फोरममा सहभागी हुन बेइजिङ जाने

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

675

काठमाडौं। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ भ्रमणमा जाने तय भएको छ ।

चीनको हाइनान् प्रान्तमा १३ चैतदेखि बोआओ फोरम आयोजना हुँदैछ, जहाँ नेपालबाट को सहभागी हुने भन्ने टुंगिएको छैन ।

चीनको हाइनानमा हरेक वर्ष आयोजना गर्ने बोआओ फोरममा यसअघि राष्ट्र प्रमुख वा सरकार प्रमुखले सहभागिता जनाउँदै आएको भए पनि अघिल्लोपटक प्रधानमन्त्री पुष्पकमल प्रचण्ड भारत भ्रमणमा जानुपर्ने कारण देखाएर सहभागी भएका थिएनन् ।

यसपटक परराष्ट्रमन्त्री श्रेष्ठ फोरममा सहभागी हुने तयारी भइरहेको थियो । तर यही समयमा श्रेष्ठको बेइजिङ भ्रमण तय भएसँगै बोआओ फोरममा नेपालको सहभागिता अनिश्चित भएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ ११ चैतमा बेइजिङ प्रस्थान गर्नेछन् । त्यसको भोलिपल्ट १२ चैतमा चिनियाँ समकक्षी वाङसँग भेटवार्ता समेत तय भएको छ ।