Newyork Time 04:11 pm
May 19, 2024, Sunday
२०८१ जेष्ठ ७

संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपाली कला-संस्कृति प्रदर्शनी गरिने

२०८० चैत्र १४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

390

अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ । 

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र न्युयोर्कका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच यस्तो समझदारी भएको हो ।

नेपाली स्थायी नियोगको कार्यालय न्युयोर्कमा भएको दुईपक्षीय भेटमा नेपाललाई विश्वसामु चिनाउन राष्ट्रसंघको मुख्यालयमा गरिने प्रदर्शनी अर्थपूर्ण र परिणाममुखी हुने निष्कर्ष निकालिएको थियो ।

प्रदर्शनीका लागि राजदूत थापाले आवश्यक पहल थाल्ने बताए । उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटक प्रवर्द्धक श्रेष्ठसँग सहकार्य गरेर अघि बढ्ने आश्वासन पनि दिए ।

प्रदर्शनीमा नेपालको कलाकृति, पर्यटकीय गन्तव्य र नेपालको पहिचान झल्किने तस्बिर तथा वस्तुहरु राखिने पनि समझदारी बनेको छ ।