Newyork Time 07:30 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

अमेरिका आउन खोज्ने हजारौलाई मेक्सिको सीमाबाट फिर्ता गर्न शुरु

२०८१ जेष्ठ २७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

790

 

राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेश कार्यान्वयन शुरु गर्दै दैनिक हजारौं व्यक्तिलाई मेक्सिकाको सीमाबाट फर्काउन थालेको छ । राष्ट्रपति बाईडेनको अघिल्लो हप्ता बुधबार बिहानबाट लागु हुनेगरी गरिएको आदेशमा दक्षिण सीमाबाट वा स्थलमार्गबाट अमेरिका प्रबेश गरेमा अब त्यस्ता व्यक्तिलाई अमेरिकामा शरण दिनेछैन भनिएको छ । यसको मतलव यो अवधिका अमेरिका प्रवेश गरेमा अबैध ठहर गरी जताबाट आएको हो उतै फर्काउने वा डिपोर्ट गर्ने उल्लेख भए अनुसार त्यसै गर्न थालिएको वासिंटन पोष्टमा समाचार रहेको छ । के कति सख्यामा फर्काइयो भन्ने उल्ल्ेख छैन तर दैनिक हजारौ भनिएको छ । स्मरण रहोस अमेरिका अघिल्लो बर्षहरुमा जुनदेखि सेप्टेम्बरसम्म अमेरिका आउनका लागि मेक्सिको सीमाबाट दैनिक न्यूनतम ३९ सय देखि ८३ सय मानिसहरु आउने गरेको तथ्यांक छ । त्यो सख्या अमेरिकी सीमा सुरक्षा बलले अमेरिका आउनेहरुको ट्रयाक गर्न थालेपछिको सबैभन्दा धेरै हो । त्यसैले यो बर्ष कति मानिस फर्काइयो सख्या नभने अनि अनुमानित दैनिक दुई हजार भन्दा बढी हुनसक्ने छ ।

बाइडेनको नयाँ नियम अनुसार विनाभिसा सीमा पार गर्नेहरुको संख्या औषतमा १५ सयभन्दा माथि भएपछि सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्ध लगाएर जताबाट आयो त्यतै फर्काउँछ । खास गरी आप्रवासीहरू रियो ग्रान्देको किनार हुँदै अमेरिका पुग्छन् । वासिंटन पोष्टमा उल्लेख भए अनुसार अमेरिकाबाट दैनिक डिपोट्रेसनको लागि ७ वटा उडानहरु सन्चालन गर्दै आएको छ । जुन सख्या आगामी दिन बढाउने लक्ष्य लिइएको बताईन्छ । त्यस्ता उडानहरूले सामान्यतया लगभग १०० देखि १२० जना डिर्पोटमा परेकाहरु उडान भर्दछन । यो नम्बर भने अलग्गै हुन ।  स्मरणीय के छ भने डेमोक्र्याट राष्ट्रपतिबाट जारी गरिएको यो आदेश सबैभन्दा कडा मानिन्छ । विगतमा डोनाल्ड ट्रम्प प्रशासनले पनि यस्तै प्रकृतिको आदेश जारी गर्दा अदालतबाट बदर गरिएको थियो ।