Newyork Time 11:50 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

चीनमा नेपाली लेखक आचार्यलाई विज्ञ सम्मान

२०८० चैत्र २६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

495

चीनमा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्यले प्रतिष्ठित उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मानु प्राप्त गरेका छन्। चिनियाँ अनुवादक संघले प्रदान गर्ने यस्तो सम्मान पाउनेमा आचार्य नै पहिलो नेपाली लेखक हुन्। पुस्तक तथा लेखनका माध्यमबाट चिनियाँ कथालाई नेपाली भाषामा अनुवाद गरेको भन्दै चीनको हुनान प्रान्तको सदरमुकाम छाङ्शामा शनिबार आयोजित विशेष समारोहमा आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो।
उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान पाउनेमा नेपालीसँगै जापान, अल्जेरिया, जर्मनी र स्पेनका विशेषज्ञ पनि छन् । सम्मान पाएपछि आफू लेखन कार्यका लागि झनै उत्साहित भएको आचार्यले बताए । उनले भने, लेख्नु आफ्नो रुचिको विषय भएपनि कहिलेकाहीँ सम्मानित हुनुले झन् जिम्मेवारीबोध गराउने रहेछ।’ आचार्य विगत ११ वर्षदेखि बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवा, हाल ुसीएमजीुमा आबद्ध छन्।