April 30, 2025, Wednesday
२०८२ बैशाख १८

बैककमा नेपाली बालबिालिकाका लागि भाषा सिकाउँदै

२०८१ बैशाख १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

945

संसारको जुन कुनामा गए पनि हरेक मानिसका लागि आफ्नो भाषा संस्कृति र संस्कार प्यारो हुन्छ । त्यसैले होला जहाँ जहाँ नेपाली छन त्यहाँ आफ्नो भाषा सिक्ने लहर नै चलेको छ । त्यसैगरी थाईल्याण्डमा बसोबास गर्ने नेपाली भाषी बालबालिकाकाले समरको विदाको मौकामा नेपाली भाषा सिक्ने थालेका छन । थाइल्यान्डमा बसोवास गर्ने नेपाली मूलका बालबालिकाले ‘समर भ्याकेसन’मा नेपाली भाषा सिक्दै छैन । थाइल्यान्डमा गर्मी बिदा तीन महिनाको हुन्छ त्यहि मौकामा नेपाली भाषा सिकिरहेका छन ।

थाई नेपाली संघ टिएनएले थाइल्यान्डभर आफ्नो १२ वटा शाखा तथा उपशाखामार्फत नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति सिकाउन, नेपाली चाडपर्वबारे जानकारी दिन, पुर्खाको इतिहासबारे जानकार बनाउन कक्षा सञ्चालन गरेरै बालबालिकालाई नेपाली भाषा पढाउने गरेको छ । टिएनएको केन्द्रीय शिक्षा विभागकाअनुसार देशभरका १० शाखाबाट नेपाली भाषा कक्षा सञ्चालन भइरहेको छ । बैंकक, फुकेट, खौलाक, करबी, मेसट, मेसाई, चिङमाई, कसामुई, पटाया र वाहिम शाखाले १२ सयभन्दा बढी विद्यार्थी पढाइरहेका छन् । यसमध्ये मेसट र मेसाईमा कक्षाभन्दा पनि समूहमा पढाइने गरेको छ ।

बैंकक शाखाका अध्यक्ष ओमप्रकाश न्यौपाने यो नेपाली भाषा, संस्कृति, सभ्यता जोगाउने अभियान भएको बताउँछन् । उनकाअनुसार सबैभन्दा ठूलो बैंकक शाखाअन्तर्गत आठवटा उपशाखामातहत ११ वटा विद्यालय सञ्चालन भइरहेका छन् । जसमा ६ सयजना विद्यार्थी छन् भने २२ जना शिक्षक छन् । फुकेटमा दुइटा पाठशाला सञ्चालन भइरहेका छन् भने अन्य सबै शाखामा एउटा पाठशालाबाट नेपाली भाषा पढाइ भइरहेको छ । सबै शाखामा एक–एकजना शिक्षक छन् ।