April 23, 2025, Wednesday
२०८२ बैशाख ११

साउदीमा १७८ जना नेपालीले पाए बहिर्गमन भिसा

२०८१ जेष्ठ २४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

950

अलपत्र परेका नेपालीहरूका लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ। नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले एकै दिन १७८ जना नेपालीको बहिर्गमन भिसा जारी गरेको हो।

उनीहरू सहजैरूपमा स्वदेश फिर्ता हुने भएका छन्। उनीहरूले ६० दिनभित्र साउदी अरेबिया छोड्नु व्यवस्था छ । बहिर्गमन भिसाबाबारेमा नेपाली दूतावास रियादले नेपाली कामदारको लागि सूचना जारी गर्दै बहिर्गमन ‘एक्जिट भिसा’को सेवा दिँदै आएको छ। हवाई टिकट भने स्वयंले व्यवस्था गर्नुपर्ने छ।

एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन अफिससँग रहेकाले दूतावासले एक्जिट भिसाका लागि प्रोसेसमात्रै गरिदिने हो। साउदीमा कार्यरत रहँदा जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदीको नियम छ।