सन् २०२३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) मा १ सय ६५ जना नेपालीको मृत्यु भएको छ। तीमध्ये बिरामी वा हृदयघात (प्राकृतिक) भई मृत्यु हुने ९२ जना र आत्महत्या गर्नेको संख्या ४२ जना रहेको छ। २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो।
मृत्यु हुनेमा कति महिला र कति पुरुष खुलेको छैन। गत ५ वर्षको अवधिमा १७ सय ६६ नेपालीको मृत्यु भएको छ। जसमध्ये सन् २०२० र २०२१ मा गरेर ५० जना नेपालीको मृत्यु कोभिडको कारण भएको थियो।