Newyork Time 09:30 pm
May 19, 2024, Sunday
२०८१ जेष्ठ ७

क्यानडामा अन्तर्राष्ट्रिय विधार्थीको अवस्था भयावह, सयौ नक्कली कलेज

२०८० चैत्र १९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

785

 

अमेरिका, शिक्षा र अवसरको खोजीमा विदेशीएका विधार्थीहरुका लागि क्यानडा निकै डरलाग्दो गन्तव्यमा परिणत भएको छ । एकातिर बढ्दो विधार्थी अर्कोतर्फ नक्कली कलेजहरुको विगविगीले हजारौं विधार्थी समस्यामा परेका छन । अन्तर्राष्ट्रिय विधार्थीहरुका लागि जेजति परामर्सदाता कम्पनिहरुले सामान्य प्रक्रियामा आफ्नै कलेजहरु दर्ता गरेर सन्चालयनमा ल्याएको पाईन्छ । त्यस्ता कलेजहरुले विधार्थीलाई अनलाईन कक्षा भन्दै पढाउँछन तर तिनका एउटै कोठाबाट सन्चालन गरी रहेका हुन्छन । सयौ कलेजका एउटा कोठाबाट सन्चालनमा रहेको पाईन्छ । कन्सल्टेन्सीको आफनै कलेजहरु हुने र उनिहरुले आवश्यक कागजातहरु आफ्नै मनोमानीमा बनाएर विधार्थीहरु क्यानडा पुगे पनि उनिहरुको न कलेजहरु छन नत शैक्षिक प्रमाणपत्रको महत्व छ । त्यस्ता कलेजबाट लिएको शैक्षिक प्रमाणपत्रहरुका आधारमा कुनै पनि जागिर पाउनसमेत समस्या पर्ने गरेको छ ।
पछिल्लो क्यानडाको समस्या पहिचान गरी सरकारले विधार्थी भिषामा कटौति गरेर कडाई शुरु गरेको छ । सयौ नक्कली र पुर्वाधार नपुगी खोलिएका कलेजका कारण विधार्थीहरु लाखौ डलर खर्चेर जाँदा पनि ठगिएको गुनासोका आधारमा क्यानडा यतिखेर गुणस्तरहिन शैक्षिक प्रमाणपत्र बनाउने कारखाना जस्तो हुँदै गएको छ । धेरै जसो भारतीय, फिलीपिनो एजेण्टहरुले नक्कली कलेज खोल्ने र नेपाली कन्सल्टन्सीहरुले पनि उनिहरुले नेपालबाट विधार्थी ल्याउने प्रक्रियामा सायै नेपाली ठगिएका छन । विगत ३ बर्षका तथ्यांक केलाउँला नेपालबाट आउने विधार्थीको सख्या तीन गुनाले बृद्धि भएको छ । विविसिले तयार पारेको अनुसन्धनात्मक रिपोटका अनुसार यहि अवस्थामा क्यानडाको शैक्षिक स्तर निकै खस्किनेछ । विविसिले तयार पारेको यो समाचारको लिंकमा गएर सुन्न सक्नुहुनेछ ।

क्यानडा पढ्न गएका विद्यार्थीको सपना कसरी चकनाचुर हुन्छ

https://www.bbc.com/nepali/articles/c13d2j8eme4o