Newyork Time 10:57 am
May 2, 2024, Thursday
२०८१ बैशाख २०

४० हजारले कोरियाली भाषा परीक्षा दिएकोमा ६ हजार उत्तीर्ण

२०८० चैत्र २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

270

यस वर्ष भएको उत्पादनतर्फ पहिलो चरणको कोरियाली भाषा परीक्षामा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्। रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार पहिलो चरणको परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए। परीक्षा गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको थियो।  पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले सीप परीक्षणमा सहभागी हुनु पर्नेछ। सीप परीक्षण आगामी वर्षको वैशाख ९ देखि १५ गतेसम्म हुने शाखाले जनाएको छ।

उत्पादन क्षेत्रतर्फको दोस्रो चरणको परीक्षा पनि वैशाखबाट हुनेछ। यसमा ८० हजारभन्दा धेरै सहभागी हुनेछन्।