Newyork Time 12:44 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

योजना आयोगमा थपिए चार सदस्य

२०८० चैत्र ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

510

राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्य डा. अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा. कुशरेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् ।

सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।