Newyork Time 08:38 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

सञ्चालनमा आएको ५ वर्षमै मेरियट होटलका कर्मचारीले पाए साढे २ करोड बोनश

२०८० चैत्र ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

580

काठमाडौं । आर्थिक मन्दीका कारण देशको सबै उद्योग व्यवसायको व्यापार र नाफा खुम्चि रहेको अवस्था भन्ने हल्ला चलिरहँदा एउटा मल्टिनेसनल कम्पनिबाट सन्चालित होटलले नाफा कमाएर बोनस बाडेका छन । बैंकिङ क्षेत्र पनि पछिल्लो समय ऋणको साँवा ब्याज असुली हुन नसकेर खराब कर्जाको अनुपात बढ्ने चिन्तामा छन्, नाफा दर घट्ने संभावना प्रबल छ। यस्तो प्रतिकूल अवस्थामा पनि पर्यटन उद्योगभित्रको एउटा संस्थाले निरन्तर नाफामा सञ्चालन गर्दै कर्मचारीलाई बोनशवापत करोड रुपैयाँभन्दा बढी वितरण गर्न सफल भएको हो । यो सफलता हेर्दा नेपालमा राम्ररी गर्ने हो भने हल्ला गरे जस्तो अवस्था छैन भन्ने प्रमाण हो ।

एमएस ग्रुप अन्तर्गत एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडद्वारा सञ्चालित नागपोखरीस्थित काठमाडौं मेरियट होटलले  सञ्चालनमा आएको पाँच वर्षमा कर्मचारीलाई बोनशवापत २ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । कम्पनी ऐन अनुसार संगठित संस्थाले खुद नाफाको १० प्रतिशत कर्मचारी बोनशवापत वितरण गर्नुपर्ने प्रावधान अन्तर्गत होटलले बोनश वितरण गरेको हो