Newyork Time 03:50 pm
May 2, 2024, Thursday
२०८१ बैशाख २१

८ महिनामा नौ खर्ब ६१ अर्ब रेमिटेन्स भित्रियो

२०८० चैत्र २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

415

 

मुलुकमा रोजगारी नहुँदा दिनहुँ विदेशीनेको लर्को छ । सरकार महिनामा कति रेमिट्यान्स आउला भनेर तथ्यांक केलाएर बस्दछ । देशमा सरकार परिवर्तन हुन्छ प्रधानमन्त्रि परिवर्तन हुन्छ तर जनताको जीवनोस्तर झन झन कमजोर बन्दै गएको छ । युवा जनशक्ति लगभग सबै परदेसिएका छन । त्यसको ताजा प्रमाण हो राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०(८१ को ८ महिना ९साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। यसको मतलब रेमिट्यान्स प्रतिमहिना सबा खर्च पुग्न लागेको छ ।

गत वर्षको यही अवधिमा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्स भित्रने दरमा २१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैकको तथ्यांकले बताएको छ ।
चालु आवको यो अवधिमा भने ४ लाख ७१ हजारले यस्तो स्वीकृति लिएका छन्। गत वर्षको आठ महिनामा नयाँ र पुन श्रम स्वीकृति लिनेको संख्या ५ लाख ४४ हजार थियो।