Newyork Time 01:08 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

“नरेन्द्र मोदी तेश्रो पटक प्रधानमन्त्रि बन्ने पक्काः” सर्भेक्षणहरु

२०८१ जेष्ठ २०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

420

 

भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि गरिएको केहि मत सर्वेक्षणबाट प्रधानमन्त्रि नरेन्द्र मोदीले फेरी जत्निे नतिजाहरु सार्वजनिक भएका छन् । १३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र मोदीले ह्याट्रिक जित हासिल गर्ने उल्लेख छ । विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण भनिए पनि उनीहरुले पाउने सिट संख्या भने फरक–फरक छ ।

भारतका लोक सभाका ५४२ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुने छ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ । नतिजा सार्वजनिक हुनु अगाडि सार्वजनिक मत सर्वेक्षणको नतिजामा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ । भारतको दैनिक भाष्करले भने ग्राउण्ड जिरो रिपोर्टको आधारमा २८१ देखि ३५० सिट भाजपा नेतृत्वको एनडीए गठबन्धनले पाउनसक्ने र १४५ देखि २०१ सिटसम्म कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनले पाउनसक्ने जनाएको छ ।
सर्वेक्षणअनुसार यस पटक एनडीएले तमिलनाडु र केरलामा खाता खोल्न सक्ने अनुमान छ । साथै कर्नाटकका सबै सिटमा कब्जा गर्न सक्ने उल्लेख छ ।