Newyork Time 05:58 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

ट्रम्पलाई ३४ अभियोगमा चार वर्षको जेल सजाय हुनसक्छ

२०८१ जेष्ठ १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

770

पुर्व राष्ट्रपति जेल गएको अमेरिकी अनुभव छैन तर अमेरिकी विधानले पुर्वराष्ट्रपति पनि जेल जान सक्छन भन्ने कल्पना गरेर विशेष व्यवस्था गरेको छ । कानुन व्यवसायीका अनुसार उनले पुनरावेदन दिएनन र यहि सुनुवाई अनुसार जेल गए भने उनीसंगै सेक्रेट सर्भिसको टोली सहित जानुपर्नेछ । त्यसको मतलव उनि साधारण कैदी जस्तो नभई विशेष सुविधासहित जेलमा हुनेछन । ट्रम्प दोषी ठहर भएका ३४ अभियोगमा न्यूयोर्क राज्यको कानून अन्तर्गत सम्भावित सजाय भनेको प्रोबेशनदेखि चार वर्षको जेल सजाय सम्म हुने हो । धेरैजसो विज्ञहरूले ट्रम्पलाई जेल सजायको सम्भावना कम भएको बताउँदै आएका छन । तर मुद्दाका न्यायाधीश जुआन एम मर्चनले ह्वाइट कलर अपराधलाई गम्भीरताका साथ लिने बताए पछि जेलसम्मको संभावना हुने अनुमान गर्न थालेका छन ।

पूर्वराष्ट्रपतिलाई जेलमा बस्नैपर्ने सजाय सुनाएमा ट्रम्प कुनै साधारण कैदी साधारण जेलमा हुनैछनन । किनभने अमेरिकी कानुन अनुशार अमेरिकाको सेक्रेट सर्भिसले पूर्वराष्ट्रपतिहरूलाई चौबीसै घण्टा सुरक्षा प्रदान गर्नु कानुनी प्रावधान रहेको छ । जसको मतलब सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई जेलभित्रै विशेष सुरक्षा प्रदान गर्नुपर्नेछ । यस मुद्दाको सुरुवाती बयान अघि नै सेक्रेट सर्भिसले पूर्वराष्ट्रपतिको कारावासको असाधारण सम्भावनाको लागि केही योजना समेत बनाएको समाचारहरु आएका थिए । ट्रम्पको असामान्य आउभाउका कारण संघीय, राज्य र सिटी एजेन्सीका अधिकारीहरूले स्थितिलाई कसरी सम्हाल्ने भन्नेबारे अचानक बैठक गरेका थिए । उक्त बैठक केवल ट्रम्पलाई कसरी जेलमा सुरक्षा दिने भन्ने कुरामा केन्द्रित रहेको बताइएको थियो । उनि आफुलाई यस्तो फैसला आउनु भनेको रिपव्लिकन जनतामाथी अन्यया गर्नु हो भन्दै न्यायलयलाई समेत प्रभावमा पार्ने र केहि नराम्रा खालका अभिव्यक्ति दिदै आएका थिए । यदि ट्रम्प जेल जाने अवस्था आयो भने उनि न्यूयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्डमा रहेको जेलमा वस्नेछन । जहाँ उनका पूर्व मुख्यवित्तीय अधिकारी एलेन एच वेसेलबर्गले दोस्रो पाँच महिनाको जेल सजाय विताई रहेका छन ।

एक वर्ष भन्दा बढीको कुनै पनि सजाय सामान्यतया न्यूयोर्क राज्यमा रहेको ४३ वटा जेलहरूमध्ये कुनै एकमा दिइनेछ। यदि ट्रम्प नोभेम्बरमा राष्ट्रपति निर्वाचित भए भने र जनवरीमा पदभार ग्रहण गर्दा पनि प्रोबेशन वा जेलको सजाय भोगिरहेमा उनले राष्ट्रपतिय अधिकार प्रयोग गरेर आफैलाई माफी दिन पाउनेछैनन् । किनकी यस अभियोग न्युयोर्क राज्यले लगाएको हो । यदि संघीय सरकारले अभियाृेग लगाएको खण्डमा उनले आफुले आफैलाई सजाँय माफी दिन पाउने कानुनी व्यवस्थाको साथ लिएर माफी दिन सक्नेछन । त्यसैले ट्रमपको जेल बस्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । चुनावी अभियानको क्रममा उनले कहिले आफुले हारेमा चुनावी परिणाम अस्वीकार र देशमा रक्तपात मच्चिने खतरा रहेको भन्दै धम्की दिदै आएका छन भने कहिले उनले चुनाव हारेमा यो देश छाडेर अन्त कतै बस्ने बताउने गरेका छन । ट्रम्पका यस्ता असामान्य बोली अमेरिकीहरुका लागि असामान्य लागे पनि केहि राष्ट्रवादी गोराहरु अझै पनि ट्रम्पलाई देउता जस्तै मान्नेछन र उनि बाहेक अरुले यो देशमा केहि गर्न सक्दैनन भन्छन । त्यसैलाई आधार मानेर कहिले काही ट्रम्पले उग्रराष्ट्रवादी धार देखाउँदै आफे जे गरी नी हुन्छ भन्ने अभिव्यक्ति दिने गर्दै आएका छन । केहि अमेरिकी विद्धानहरु ट्रम्प जस्तो राष्ट्रपति अमेरिकीहरुले अहिलेसम्म नव्यहोरेको भन्दै असामान्य अवस्था भन्दै आएका छन ।