Newyork Time 05:58 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

बेलायती प्रधानमन्त्रि निवासमा बुद्ध जयन्ति सम्पन्न

२०८१ जेष्ठ १४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

360

 

बेलायतको इतिहासमै पहिलोपल्ट लन्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय तथा निवासमा बुद्ध जयन्ती मनाइएको छ । गत वर्षहरुमा बेलायतको संसद् भवनभित्र बुद्ध जयन्ती मनाइन्थ्यो भने यसपल्ट प्रधानमन्त्रीको कार्यालय र निवासमा मनाइएको हो । यो एक हिसावले गौतम बुद्धको अन्तराष्ट्रिय करण भएको हो ।
बेलायतले सबै किसिमको धर्महरुलाई समान मान्यता र महत्व दिन्छ । प्रधानमन्त्रि निवासमा आयोजित बुद्ध जयन्ती समारोह सामाजिक आवास, धार्मिक आस्था तथा लर्ड्ससम्बन्धी ब्रिटिस उपमन्त्री ब्यारोनेस स्कट ब्रुक ओबीइले गरेकी थिइन् । उनले संयुक्त राष्ट्रसंघका अनुसार बेलायत संसारकै सबैभन्दा बढी विविधतायुक्त मुलुक भएको बताइन् । उनले गौतम बुद्धको सन्देश वर्तमान विश्वमा अरु बढी सान्दर्भिक भएको पनि बताइन् ।

समारोहमा नेपाल, श्रीलंका र भारतका राजदूतहरु साथै नेपाल, जापान, युके, श्रीलंका र भारतका बौद्ध भिक्षुहरु सहभागी थिए । कार्यक्रममा बेलायत भ्रमणमा रहेका लामागुरु खेन्पो सन्तोष गुरुङ, डायमण्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष योगेश गुरुङ, बार्नेट काउन्सिलका पूर्वउपमेयर काउन्सिलर लक्ष्य गुरुङ, एनआरएनए युकेकी पूर्वअध्यक्ष पुनम गुरुङ, पूर्वकाउन्सिलर सेवानिवृत्त मेजर चित्र रानालगायत विभिन्न मुलुकका झन्डै १०० जनाको सहभागिता थियो ।

गत सोमबारमात्रै प्रधानमन्त्री ऋषि सुनकले नेपाल(बेलायत शान्ति मैत्री सन्धि भएको १०० वर्ष पूरा भएको अवसरमा १० डाउनिङ स्ट्रिटमा एक स्वागत समारोह आयोजना गरेका थिए ।