Newyork Time 12:32 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

भारतीय चुनावको मतपरिणाम: मोदी (२ सय ९५)लाई धक्का, राहुल (२ सय ३०) उत्साहित

२०८१ जेष्ठ २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

580

 

भारतमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसंगै प्रधानमन्त्रिको सरकार संकटमा पर्ने देखिएको छ । जसका कारण सरकार गठनमा केहि दलहरुबीच सहमति गर्नुपर्ने पर्ने अवस्था आएको छ । जसमा मोदीको गठबन्धवनले २ सय ९५ र राहुल गान्धिको काँग्रेस गटबन्धनले २ सय ३० र बाँकी अन्य दलले १९ सिट हासिल गरेको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेसनल डेमोक्र्याटिक अलायन्स एनडिए गठबन्धनले २९५ सिट जितेको छ। त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले २३० सिट जितेको छ। अन्य पार्टीहरूले १७ सिट जितेका छन्।

कुल ५४३ सिटमध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए। मुख्य निर्वाचन आयुक्त राजीव कुमारका अनुसार १९ अप्रिलदेखि सुरू भई विभिन्न मितिमा सात चरणमा भएको मतदानमा कुल ९६ करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदान गरेका थिए। यीमध्ये महिला मतदाताको संख्या ३१ करोड २ लाख छ। यसपालि ५८ दशमलव ५८ प्रतिशत मतदान भएको थियो।

भारतमा गत शनिबार अन्तिम चरणको मतदान सम्पन्न भएको थियो। त्यसअघि १९ अप्रिलमा पहिलो चरण, अप्रिल २६ दोस्रो चरणको, मे ७ मा तेस्रो चरण, मे १३ मा चौथो चरण, मे २० मा पाचौं चरण, मे २५ मा छैटौं चरणको मतदान भएको थियो।

सरकार बनाउन २ सय ७२ सीट पर्याप्त भए पनि मोदी गठबन्धनमा समस्या आएको खण्डमा मोदी सरकार ढल्नेछ । त्यसैले यो चुनावबाठ मोदीलाई राम्रै झट्का लाग्न्े लेखिन्छ । आफुलाई इश्वरीय अवतार बताउँदै हिडेका मोदीको तेश्रो कार्यकाल भो सुखद हुने देखिन्न । भारतीय कँग्रेस गठबन्धनले विगतको ९४ सिटबाट बढाएर २ सय ३१ बनाएको छ भने मोदीको भाजपा गठबन्धनले ३ सय ५२ सिटबाट घटेर २ सय ९५ मा सीमित भएको हो । योबाट भारतीमा मोदी युग सकिएको मान्न सकिन्छ ।