Newyork Time 07:26 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

मेरिल्याण्ड निर्वाचनः जोन ओल्स्जेस्की विजयी, ह्यारी भण्डारी पराजित

२०८१ जेष्ठ २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

595

 

अमेरिकाको मेरिल्याण्ड डिष्ट्रिक २ बाट प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा जोन ओल्स्जेस्कीको जित भएको छ । उता उनिसंग प्रतिष्पर्धा गरी रहेका नेपाली मुलका अमेरिकन ह्यारी भण्डारी दोश्रो स्थानमा आएका छन् । न्यूयोर्क टाईम्सका अनुसार जोन ओल्स्जेस्कीको जीतको घोषणा गरेको छ । यद्यपी निर्वाचन बोर्डबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको जनाएको छ । ३४ हजार ८ सय मत गनी सक्दा जोनको २८ हजार २३ मतका साथ ८० दशमलव ४ प्रतिशत मत पाएर अगाडी छन भने नेपाली मुलका हया्री भण्डारी २६ सय ५८ मातका सात ७ दशमलव ६ प्रतिशत मतका साथ दोश्रो स्थानमा रहेको छ । यो मतान्तरका कारण अमेरिकी मिडियाले जोनको जीत भएको जनाएको छ । अन्य उम्मेदबारहरु भने अझ पछाडि रहेका छन् ।

प्राइमरीमा पराजित भएसँगै यसपटकको लागि भण्डारीको क्यापिटल हिलका चुनावी यात्रा समाप्त भएको छ । तर राज्यको संसदमा उनको कार्यकाल भने चुवान हारे पनि कायमै रहनेछ । अमेरिकामा प्राईमरी निर्वाचनमा हारे पनि त्यो भन्दा माथी चुनावी प्रतिस्पर्धा गर्न पाईदैन । जसले पार्टीबाट प्राईमरी निर्वाचन जित्छ उसैले आगामी निर्वाचनमा विपक्ष दलको उम्मेदवारसंग निर्वाचन प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । भण्डारीको चुनावी अभियानमा अमेरिकामा रहेका नेपाली समुदायको सहयोग रहेको थियो । भण्डारीले यस अगाडि अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका भण्डारीको यो दोश्रो कार्यकाल हो ।