Newyork Time 12:06 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

विदेश पढ्न जाँदा एक बर्षमा ९५ अर्ब बाहिरियो

२०८१ बैशाख ३१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

510

 

मुलुकको राजनीतिक अस्थिरता, महंगी, व्यप्त भ्रष्टाचारले गर्दा मुलुकमा निर्वाह नचल्ने निचोड निकाल्दै दिनहुँ देश छोड्नेको लर्को हेर्न एयरपार्टमा गएर हेर्दा प्रष्ट हुन्छ । भन्नेहरु मुलुकभित्रै सबैथोक छ भन्छन तर पावर र पहुँच हुनेहरुका लागि स्वर्गीय छ । निमुखा र योग्यता भएकाहरुका लागि सामान्य जीवन जीउन असंभव जस्तै बन्दैछ । त्यसैले विधालय शिक्षा सकिएपछि उच्च शिक्षाको लागि सक्नेहरु बाहिरिन चाहान्छन । त्यसका्े सख्या दिनानु दिन बढ्दो छ । सक्नेहरु उच्च शिक्षका लागि जान्छन भने नसक्नेहरु रोजगारीका लागि गएका छन । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको देखाएको छ । यो अधिल्लो वर्षको तुलनामा निकै धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो ।

शिक्षाका लागि अधिक रकम विदेशिँदा ९ महिनामा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षामा ९५ अर्ब ८५ करोड र घुमफिरमा जानेले ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेका छन् । यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो । सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो ।