February 7, 2025, Friday
२०८१ माघ २५

सहकारीपीडित फेरि जेठ ११ बाट आन्दोलनमा

२०८१ जेष्ठ ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

785

 

सरकारले गरेको सहमति अनुसार रकम फिर्ता नपाएपछि देशभरका सहकारीपीडित फेरि आन्दोलनमा उत्रिने भएका छन् । सहकारीपीडितको नेतृत्व गरिरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले फेरि आन्दोलनको घोषणा गरेको हो। बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी जेठ ११ बाट दोस्रो चरणको आन्दोलन गर्ने सहकारीपीडितले बताएका छन्।

गत वर्ष जेठ २० मा सहकारीपीडितले आन्दोलन शुरू गरेका थिए। काठमाडौंको माइतीघर मण्डलबाट शुरू भएको आन्दोलन चर्किंदै गएपछि सरकारले सहमति गरेको थियो । तर अहिलेसम्म माग पूरा नभएको पीडितले बताएका छन्। जीवनभर शिक्षण पेशामा लागेर कमाएको रकम सहकारी सञ्चालकले हिनामिना गरेपछि आन्दोलनमा आउनुपरेको ७४ वर्षीय विश्वनाथ सिन्हाले बताए। “५२ वर्ष शिक्षण पेशामा लागेर कमाएको रकम बसेर खानुपर्ने वेलामा सहकारीमा डुब्यो, अहिले आन्दोलनमा आउनुपरेको छ,” सिन्हाले भने । उनी जस्ता हजारौं बचतकर्ताको अर्बौं रकम हिनामिना भएको छ। बचतकर्ताको रकम फिर्ता गराउन सरकारले पटक पटक सहमति गरे पनि अहिलेसम्म फिर्ता नपाएको पीडितले बताएका छन्।