Newyork Time 02:42 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

नर्थ क्यारोलिनाको रालेमा आज नेपाल परेड डे हुँदै

२०८१ बैशाख ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

365

 

कृष्णराज खनाल
नर्थ क्यारोलिनाको राले क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसीएनसी० ले हरेक वर्षझै यस वर्ष पनि नेपाल डे भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । नेपाल डे औपचारिक रुपमा प्रत्येक वर्ष अप्रिल महिनाको तेस्रो शनिवार मनाइने घोषणा भए बमोजिम यस वर्ष अप्रिल २० आज शनिवारका दिन नेपालीहरुको बाक्लो बसोवास रहेको स्थान मोरिसभिलमा सो कार्यक्रम आयोजना गरिने जानकारी एनसीएनसीले दिएको छ । एनसीएनसीका अध्यक्ष विकास शाक्यका अनुसार सम्पुर्ण तयारी सकिएको बताउँदै सम्पुर्ण नेपालीजनमा सहभागीताका लागि आमन्त्रण गरेका छन ।

एनसीसीका अनुसार, नेपाल परेड डे कार्यक्रम मोरिसभिलको चर्च स्ट्रिट पार्कस्थित क्रिकेट खेलमैदानमा ११ बजेदेखि प्रारम्भ हुनेछ । त्यसपछि औपचारिक रुपमा एनसीएनसीको कार्यक्रम सुरु हुनेछ । त्यस अवसरका नर्थ क्यारोलिना सरकारका उच्च पदस्थ कर्मचारीहरु, मोरिभिल, केरी, एपेक्स र राले क्षेत्र वरपरका टाउन पदाधिकारीहरु पनि मार्चपासमा सहभागी हुनेछन् र औपचारिक सभामा परिणत भएपछि उनीहरुले नेपाल डेको सफलताको कामना गर्नेछन् ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, सो अवसरमा नेपाली पोशाक र पहिरनमा करिब एक हजार नेपालीहरु उपस्थित हुने अनुमान गरिएको छ । नेपाल डे का अवसरमा नेपाली खानाको धेरै परिकार, नेपाली पोशाक, पूर्वीय दर्शनका पुस्तक, साास्कृतिक र पुरातात्विक महत्वका स्थान र महत्व आदि झल्काउने आदि विविध स्टलहरु स्थापना गरिने छ ।

त्यसैगरी बालबालिकाका लागि वाउन्सी हाउस, स्लाइड आदि रहनेछ भने आम मानिसहरुका लागि साास्कृतिक कार्यक्रम रहनेछ । जसमा स्थानीय कलाकारका अतिरिक्त नेपालबाट आउनुभएका गायक हेमन्त शर्माको प्रस्तुति पनि रहने बताइएको छ ।
विदेशमा नेपाली संस्कृति, परम्परा र रीतिरिवाजको जगेर्ना र उत्थानका लागि सक्रिय रहेको एनसीएनसी गैर नाफामूलक संस्था हो । यसले स्थानीय रुपमा नेपालीहरुलाई विदेशमा चिनाउन ठूलो योगदान दिएको छ । संस्थाका अध्यक्ष विकास शाक्यले दिएको जानकारी अनुसार मौसमले साथ दिएको हुदा अधिक नेपालीहरुको सहभागिता रहनेछ । अध्यक्ष शाक्यले सोही आज बिहान ७ बजेदेखि १२ बजेसम्म रक्तदानको कार्यक्रम पनि राखिएकोले रक्तदान गर्न पनि आव्हान गरेको छ ।