Newyork Time 04:02 am
May 9, 2024, Thursday
२०८१ बैशाख २७

सोलुखुम्बीकी सोनाम शेर्पा विश्वकै ५ महिलाको सुचिमा छनौट

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

510

पुर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको नाममा स्थापित विश्वव्यापी संस्था फाउन्डेसनले विश्वका उदाहरणीय पाँच महिलाको सुचीमा सोलुखुम्बुकी सोनाम डोका शेर्पालाई छानेको छ । सोनम डोका शेर्पा नेपालमा ‘द स्मल वर्ल्ड’ की संस्थापक हुन् । उनी १० वर्षदेखि सोलुखुम्बुका दुर्गम गाउँहरूमा बालिका शिक्षा र महिला सशक्तीकरण कार्यक्रममा सक्रिय छिन् । अमेरिका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपाली सनम डोका शेर्पालाई विश्वभरका पाँच उदाहरणीय महिलाको सूचीमा राखेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फाउन्डेसनले बालिका शिक्षा र महिला सशक्तीकरणमा उदाहरणीय काम गरेबापत शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको हो ।