Newyork Time 07:12 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

आज श्रीलंका र नेपालबीचको विश्वकप क्रिकेट फ्लोरिडामा हुँदै, बर्षातका कारण खेल एक घण्टा ढिला शुरु हुने, खेल हेर्न नेपालीको आईरो

२०८१ जेष्ठ ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

460

बर्षात रोकिएकोले खेल ढिला भए पनि शुरु हुने भएको छ । अहिले खेल हुने पिच अवलोकन भैरहेको छ ।

अपडेट

टी २० पुरुष विश्वकप क्रिकेट सुरु भएको ११ दिन आज क्रिकेटको राजधानी मानिएको अमेरिकाको फ्लोरिडामा खेलमा नेपाल र श्रीलंकाको पहिलो भेट हुँदै छ । अमेरिकामा र क्यानडामा रहेका नेपालीहरु खेल हेर्न र हौसला बढाउन फ्लोरिडामा आईरिएका छन । जसरी ट्ेक्सासमा नेपालीहरुको उपस्थिति रहेको थियो त्यसैगरी त्यहाँ पनि नेपालीको आईरके लगेको छ । आज बेलुकी ७ बजेर ३० मिनेटमा खेल शुरु हुनेछ ।

लडरहिलस्थित ब्रवर्ड क्रिकेट रंगशालामा नेपाल र श्रीलंका आमने सामने गर्दैछन् । यी दुई टोलीबीचको पनि यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले अवको ६ दिनमा तीन टेस्ट राष्ट्रसँग खेल्ने छ, त्यसको सुरुआत श्रीलंकाबाट गर्न लागेको हो । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूहचरणको अन्तिम दुई खेल खेल्ने छ । श्रीलंकाले सेन्ट लुसियामा नेदरल्यान्ड्ससँग जुन १६ मा समूहचरणको अन्तिम खेल खेल्ने छ । खेल हुनु अघि पनि पm्लोरिडाको वातावरण पानी.पर्ने संभावना छ तर पनि यसै भन्न सकिन्न ।

नेपाललाई सुपर ८ मा पुग्न बाँकी खेल जित्नु पर्ने दबाब रहेको छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिकासँग ६ विकेटले र बंगलादेशविरुद्ध २ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ । पहिलो दुई खेलमा पराजित भएकाले दबाब श्रीलंकाली टोलीमा रहेको नेपालका कप्तान रोहित पौडेलले बताएका थिए । तर लउडरहिलमा नेपालको यो पहिलो खेल हो । यस मैदानमा नेदरल्यान्ड्स र आयरल्यान्डविरुद्ध दुई अभ्यास खेल खेलेकाले श्रीलंका यहाँको विकेटसँग परिचित भइसकेको छ ।

नेपाल र श्रीलंकाबीच पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेका हुन् । ट्वान्टी(२० मा नेपालको यो दोस्रो सहभागिता हो । सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी २० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको त्यो संस्करण श्रीलंकाले जितेको थियो । श्रीलंकाले ट्वान्टी २० विश्वकपमा पहिलो पटक सामना गरेको प्रतिद्वान्द्वीविरुद्ध खेलेका १० खेलमा केवल दुई पराजय मात्र भोगेको छ । नेपालले विश्वकपमा खेलेको कुल ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ । टेस्ट राष्ट्रविरुद्ध नेपालले ट्वान्टी २० मा खेल्न लागेको यो केवल पाँचौं खेल हो ।