Newyork Time 11:50 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

झण्डै एक करोड नेपाली देश बाहिर विदेशमा !

२०८१ जेष्ठ १४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

475

 

दिनहुँ २२ सय जना नेपाली विदेश जाने गरेको तथ्यांक सार्वजनिक भएकै हो तर हालसम्म कति नेपाली विदेशमा छन भन्ने तथ्यांक थिएन । नेपालबाट अहिलेसम्म वैदेशिक रोजगारीका लागि साढे ५९ लाख व्यक्ति विदेश गएको एक तथ्यांक अर्थ मन्त्रालयले सङ्घीय संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षणअनुसारमा उल्लेख गरिएको छ । २०८० फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको पाइएको छ । यो तथ्यांक भन्दा धेरै ठुलो मात्रामा नेपाली दिेशमा छन भन्न सकिन्छ । किनभने यो श्रम स्वीकृति लिउर जानेको मात्रै तथ्यांक हो ।

यसमध्ये पुरुष ९३ दशमलव ८ प्रतिशत र महिला ६ दशमलव २ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन्। जसमध्ये पुरुष ८६।४ प्रतिशत र महिला १३।६ प्रतिशत रहेका छन् । आर्थिक सर्वेक्षण २०८०र८१ अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारीका लागि ईपिएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरीया गएका छन् । जसमध्ये पुरुष ९३।२ प्रतिशत र महिला ६।८ प्रतिशत रहेका छन् ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेसिया, साउदी अरब, युएई र कुवेत रहेका छन्। पछिल्लो अवधिमा युएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दो क्रममा रहेको छ। त्यसमा यूरोप अमेरिका जस्ता विकसित देशमा जानेहरु जोडिएका छैनन । त्यो तथ्यांक अनुमान गर्ने हो भने ८० लाख देखि एक करोड नेपाली विदेशमा रहेको अनुमान गर्न सकिन्छ । यदि यो तथ्यांक हेर्दा ३ करोड जनसख्यामा एक तिहाई जनसख्या विदेशमा रहेको मान्न सकिन्छ । विभिन्न तथ्यांक केलाउने हो भने गैरआवासिय नेपाली संघ, वैदेशसिक रोगजार संघ र विभिन्न देशमा रहेका दुतावासहरुको तथ्यांकलाई आधार मान्दा एक करोड भन्दा बढी नेपाली विदशेमा रहेको अनुमान सजिलै गर्न सकिन्छ ।