Newyork Time 11:23 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

टि २० विश्वकप: नेपाल र नेदरल्यान्ड्सको खेल अमेरिकामा काठमाडौंमा रन्को

२०८१ जेष्ठ २२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

340

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सको खेल अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा चलिरहेको छ ।

१० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थन पनि निकै उत्साहित छन् । रंगशालामा १० हजार बढी नेपाली दर्शक छन् ।

नेपालमा पनि  टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइएको छ ।

नेपालले विश्वकप खेलेको हेर्न टुँडिखेलमा धेरै क्रिकेटप्रेमी भेला भएका छन् । त्यहाँ ३० बाई १८ फिटको एलईडी स्क्रिनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था गरिएको छ । प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्ट र युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गरेको छ ।