Newyork Time 07:43 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कारबाट ४ पत्रकार पुरस्कृत

२०८१ जेष्ठ ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

440

 

नेपालमा सबै कुरा खत्तम भयो केहि बाँकी छैन भन्ने अपवाह फैलाउनेहरु कम छैनन । चाहे त्यो राजनीतिमा होस वा सरकारी क्षेत्रमा भनौ पत्रकारितामा । पत्रकारिताको कुरा गर्दा नेपालमा स्कोप छन भन्दै सोसल मिडियालाई दोष दिनेहरु कम छैनन तर यहि बेला पत्रकारिता गरेर समाजमा प्रभाव पारेका केहि थान पत्रकार पुरस्कृत भएका छन जुन निकै सम्मानित र प्रभावशाली पुरस्कार हो । यो पुरस्कारले नेपाली पत्रकारिता गर्नेहरुलाई मिहेनत गरेर पत्रकारिता गरे स्थान सुरक्षित छ भन्ने प्रमाणित गर्दछ ।

नक्कली भुटानी शरणार्थी प्रकरण हो वा ललिता निवासप्रकरण भनौ या बाँकसबारी प्रकरण यी खोजमुलक समाचारका कारण पीडकहरु छानवीनको दायरामा परे । त्यहि खोजमुलक समाचार लेखेका पत्रकारद्वय देवेन्द्र भट्टराई र मातृका दाहालले १६ लाख रुपैयाँको ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार २०२४’ प्राप्त गरेका छन् । बारबरा फाउन्डेसनले खोजमूलक समाचार लेखेवापत पत्रकारद्वयलाई पुरस्कृत गरेको हो ।

त्यस्तै, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणबारे समाचार लेख्ने पत्रकार दीपा दाहाल र धितोपत्र बजार तथा वित्तीय क्षेत्रका भएका अनियमिताबारे लेखेका रमेश कुमार पनि पुरस्कृत भएका छन् । उनीहरुले क्रमशः ६ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे । खोजमूलक पत्रकारितालाई अघि बढाउन यसपालिदेखि पुरस्कारको राशि बढाएको फाउन्डेसनका अध्यक्ष डा। सन्दुक रुइतले बताए ।

फाउन्डेसनका कार्यकारी सदस्य अखिलेश उपाध्यायले ‘बारबरा फाउन्डेसन खोज–पत्रकारिता पुरस्कार’ का लागि यस वर्ष ८३ वटा आवेदन परेका थिए । निर्णायक समितिले आवेदनका साथ परेका समाचारहरुको अध्ययन र थप अनुसन्धान गरी शृंखलाबद्ध छलफलबाट प्रथम, द्वितीय र तृतीय पुरस्कारका लागि विजेताहरुको छनोट गरेको थियो ।

फाउन्डेसनकी सदस्यसचिव मोहना अन्सारीले पुरस्कृत पत्रकारहरुलाई कलमलाई थप तिखार्न सिंगो पत्रकारिता जगतलाई आग्रह गरिन् । यसअघि यो पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेल, दिलीप पौडेल, रुद्र खड्का र अर्जुन ओली ९संयुक्त० र मकर श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।