Newyork Time 12:59 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

मध्यावधि निर्वाचन ?

२०८१ जेष्ठ १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

300

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्ड आफैंले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘ ‘दलहरुको बीचमा जुन प्रकारको प्रतिद्वन्द्विता, प्रतिष्पर्धा र अविश्वसनीयताहरु बढ्दै गएका छन् । रातभरमा नै दलहरुले समीकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोली उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समिकरण परिवर्तन गर्दै हिँड्ने । यसको प्रकारको जुन गतिविधिहरु बढिराखेको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाइ थियो । ‘प्रतिनिधिसभाको नै मध्यावधि निर्वाचन हुनसक्ने सम्भावनाहरु देखिराख्या छ ।’ उनले भने ।

उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरू गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पंक्ति संगठन निर्माणमा जुटनुपर्ने अध्यक्ष लिङदेनले बताए ।

उनले भने, ‘ हामीले आगामी स्थानीय तहको निर्वाचन होस् अथवा सम्भावित मध्यावधि निर्वाचनको कुरा होस् । र निर्वाचनको कुरा मात्रै होइन, अहिले हामीले आन्दोलनको पनि कुरा उठाइराखेका छौं । त्यसलाई सफल पार्न होस् । संगठन निर्माण गर्न जरुरी छ ।’ अध्यक्ष लिङदेनले देश ठूला दलहरुले कमजोर बनाएकाले आफूहरुले त्यसको विकल्प खोज्नुपरेको जिकिर पनि गरे ।