Newyork Time 09:10 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

मेक्सिकोबाट अमेरिका छिर्नेलाई शरण नदिने अमेरिकी राष्ट्रपतिद्धारा घोषणा

२०८१ जेष्ठ २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

635

 

निर्वाचन मिति नजिकिंदै गर्दा राष्ट्रपति जो बाईडनले केहि समयका लागि अबैध रुपमा स्थलमार्ग हुँदै अमेरिका प्रबेश गर्नेहरुका लागि शरण दिन अयोग्य हुने आदेशमा मंगलबार हस्ताक्षर गरेका छन । बुधबार बिहानबाट लागु हुनेगरी गरिएको आदेशमा दक्षिण सीमाबाट वा स्थलमार्गबाट अमेरिका प्रबेश गरेमा अब त्यस्ता व्यक्तिलाई अमेरिकामा शरण दिनेछैन भनिएको छ । यसको मतलव यो अवधिका अमेरिका प्रवेश गरेमा अबैध ठहर गरी जताबाट आएको हो उतै फर्काउने वा डिपोर्ट गर्ने उल्लेख छ ।
केहि खतरा हुनसक्ने वेचविखनमा परेका जस्ता वर्गको हकमा यो कानुन लागु नहुने स्पष्ट उल्लेख छ ।

राष्ट्रपति बाईडेनको समयमा अमेरिकामा मेक्सिको सीमाबाट ईतिहासकै धेरै अबैध मानिसहरु अमेरिका पसेको तथ्यांकहरुले बताएको छ । जसका कारण चुनावकाबेला बाईडेनको मत घट्दो रहेको विभिन्न सर्वेक्षणहरुले उल्लेख गरेको छ । तर स्मरणीय के छ भने डेमोक्र्याट राष्ट्रपतिबाट जारी गरिएको यो आदेश सबैभन्दा कडा मानिन्छ । विगतमा डोनाल्ड ट्रम्प प्रशासनले पनि यस्तै प्रकृतिको आदेश जारी गर्दा अदालतबाट बदर गरिएको थियो ।