March 26, 2025, Wednesday
२०८१ चैत्र १३

रुसी सेनामा कार्यरत नेपालीका परिवारले रुसी दूतावासमा दिए निवेदन

२०८० फाल्गुन ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.3K

काठमाडौ‌ं । रुसी सेनामा कार्यरत नेपालीका परिवारले त्यहाँ कार्यरत नेपालीको उद्धार, शव फिर्ता, वेपत्ताको खोजीका लागि रसियाली दूतावासलाई आग्रह गरेका छन् ।

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका ३४ जनाले संयुक्त रुपमा म‌गलबार दिउँसो रसियाली दूतावासमा निवेदन बुझाएका हुन् ।

रुसी सेनामा रहेकाहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न भन्दै पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानको तर्फबाट निवेदन बुझाइएका हुन् ।

‘रुसी सेनामा जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएका नागरिकको उद्धार, घाइतेहरुको उचित उपचार, रुसी सेनामा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि परिवारको तर्फबाट निवेदन बुझाएका छौं’, अभियानकी संयोजक कृतु भण्डारीले भनिन् ।