Newyork Time 12:31 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

स्लोभाकियाका प्रधानमन्त्री रोबर्टमाथि  गोली प्रहार-भिडियोसहित

२०८१ जेष्ठ ३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

420

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर उनी गम्भीर घाइते भएको द न्यूयोर्क टाइम्सले जनाएको छ।

यो घटनालाई त्यहाँको सरकारले फिकोको हत्या प्रयास भनेको छ। एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा फिकोमाथि थुप्रै पटक गोली प्रहार भएको हो। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाका अनुसार गोली हानेको आशंकामा एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको छ। प्रधानमन्त्री फिकोको आधिकारिक फेसबुक पेजमा उनको अवस्थाबारे पोस्ट गरिएको टाइम्सले जनाएको छ। उक्त पोस्टका अनुसार फिकोलाई धेरै गोली लागेकाले उनको अवस्था गम्भीर छ।

पेट, हात र खुट्टामा चोट लागेका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ । उनको फेसबुक पेजमा दिइएको जानकारीअनुसार प्रधानमन्त्रीको अवस्था गम्भीर छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ ।