Newyork Time 12:54 am
May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८

इलाममा एमालेका सुहाड र बझाङमा काँग्रेसका सिंह अगाडी

२०८१ बैशाख १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

255

 

प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले यो समाचार तयार पार्दासम्म अग्रता बढाइरहेका छन् ।
फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका ९६ वडाबाहेक० को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् ।

उता रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले ११६२ मत पाएका छन् । इलाम(२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यसैगरी बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ ९ सय १० को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका छन् । सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए। अहिले भने उनी कांग्रेसका सिंह भन्दा २६४ मतले पछि परेका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले सात हजार ४ सय ९२ मत ल्याएका छन्। उनलाई एमाले उम्मेदवार भण्डारीले सात हजार २ सय २८ मत प्राप्त गरेर पछ्याइरहेका छन्।

त्यस्तै, माओवादीका जनकबहादुर बुढाले २ हजार ८ सय १५ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत पाएका छन् । अहिलेसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गापा, थलारा गाउँपालिका ९ र सुर्मा गाउँपालिको मत गणना भएको छ।