Newyork Time 01:31 pm
May 2, 2024, Thursday
२०८१ बैशाख २१

अमेरिकाका ढकाल र जर्मनीका थापाको महावाणिज्यदुतमा ४ बर्ष पदावधि थप, परराष्ट्रमन्त्रिको टेवलमा २ जनाको फाईल विचाराधिन

२०८० चैत्र २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.4K

क्यालिफोर्निया लागि नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकाल र जर्मनीका लागि डा रामप्रताप थापाको पदावधि ४ वर्ष थप गरिएको छ। मन्त्रिपरिषदले ढकाल र थापाको पदावधि थप गर्ने निर्णय गरेको हो। कार्यकाल थप गरिएपछि ढकाल र थापाले यस जिम्मेवारीमा सन् २०२८ सम्म कायम रहनेछन् ।
ढकाल अमेरिकामा नेपाली तैयारी पोसाक र हस्तकलाका वस्तुको व्यापार गर्ने एक अग्रणी व्यवसायीका रुपमा प्रख्यात छन । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र बनाएर व्यापार गरिरहेका उनी नेपाल र नेपालीपनको प्रवर्धनमा पनि सक्रिय छन्।

अमेरिकाका लागि ओहायो राज्यका लागि डा दामोदर पौडेल र बोष्टनका लागि प्रल्हाद केसीको नयाँ नियूक्तिका लागि परराष्ट्र मन्त्रालयमा फाईल विचाराधिन अवस्थामा रहेको समाचार श्रोतले जनाएको छ । डा पौडेल नेपाली समाजका लागि निकै ठुलो योगदान गरेका व्यक्ति हुन । ओहायोमा रहेर कोरोना महामारीका बेला अमेरिकाभरीका नेपालीका लागि अहोरात्र खटेका व्यक्ति हुन । अमेरिकामा हाल एसि शेर्पा , प्रेमराजा महत, मार्विन बुस्टिन, मेरी क्यारोल सक्रिय रहेका छन ।