March 26, 2025, Wednesday
२०८१ चैत्र १२

पशुपति मन्दिरका लागि ३३ लाख डलरको प्रतिबद्धतासहित नवाह सम्पन्न

२०८१ बैशाख ७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1K

 

३३ लाख डलर सहयोगको प्रतिवद्धतासहित नेपाली समुदायको बाक्लो बस्ती भएको टेक्सासको डालासमा आयोजित नौ दिनसम्म चलेको नवाह यज्ञ बुधबार सम्पन्न भएको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको संयोजनमा सुरु गरेको नवाहको क्रममा ड्यालस फोर्टवर्थको नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा बनाउन आर्थिक सहयोग जुटाउने उद्वेश्यले लगाइएको नवाहको क्रममा दाताहरुबाट ३३ लाख डलर सहयोगको प्रतिवद्धता आएको आयोजकले बताएका छन । यो सहयोग बढीमा आउँदो तीन वर्षभित्र दाताहरुले मन्दिरलाई दिइसक्ने प्रतिवद्धता जनाएका छन् । कतिपयले भने प्रतिवद्धता जनाएको रकम तत्कालै दिएका छन् ।

नौ दिनको अवधिमा १६ हजारभन्दा बढी भक्तजनहरुले मन्दिर प्रवेश गरेको तथ्यांक छ । मन्दिर र स्तुपा निर्माणको लागि समुदायले देखाएको अपार सहयोगको लागि समापन समारोहमा मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, उपाध्यक्ष डा। प्रेम अधिकारी, मन्दिर कार्यसमितिकी अध्यक्ष सीता सापकोटा, उपाध्यक्ष छबी चापागाई लगायले खुशी व्यक्ति गर्दै हरेक दिन मन्दिरलाई मायाँ गर्न र सबै परिवार कम्तिमा फाउण्डिंग मेम्बर बनेर सहयोग गरिदिन आव्हान गरेका थिए । नौ दिनको अवधिमा तीनसय १४ जनाले संस्थापक सदस्य थपिएको बताइएको छ ।

ठुलो रकम सहयोग गर्नेहरुमा व्यबसायी भीम कार्की र इन्दिरा कार्की दम्पत्तिले मन्दिरलाई एकलाख ११ हजार एकसय ११ डलर, नेपाली समाज टेक्ससका उपाध्यक्ष बलराम पौडेल दम्पत्तिले ५० हजार र सिपिए प्रेम शाहीले पनि ५० हजार सहयोगको घोषणा गरेका छन् । नवाहको अवधिमा ६ जनाले मन्दिरलाई एकलाख भन्दा बढी सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । एकलाख भन्दा बढी सहयोग गर्नेलाई मन्दिरले वाल अफ अनर प्रदान गर्नेछ । प्रवास विगतमा यस्ता सप्ताह वा नवाह हुने गरेको र प्रतिवद्धता गरे अनुसार रकम नउठ्ने गरेको तितो घटनाहरुले भने यस्ता प्रतिवद्धता कति पुरा होलान त्यो भने हेर्न बाँकी छ । जे होस नेपाली समाज आफ्नो धर्म सस्कृति र परम्परा बचाउन हर हमेशा एक जुट हुने गरेका छन । प्रवासमा रहेर पनि जुन खालको उत्साह छ त्यो अनुकरणीय नै छ । मुल पुरोहित रहेर कार्य सम्पन्न गरेका पण्डित दिन बन्धु पोख्रलले यस्ता धार्मिक कार्यहरुले समाजलाई एकतावद्ध गराउने बताएका छन ।