Newyork Time 12:38 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

बदलाको भावनाले नागरिकविरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु अनुचित : ट्रान्सपरेन्सी इन्टरनेशनल

२०८१ जेष्ठ ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

270

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बदलाको भावनाले नागरिक विरुद्ध राज्यशक्ति दुरुपयोग गर्नु अनुचित भएको जनाएको छ। सहकारी ठगी प्रकरण र कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाको पक्राउलाई लिएर ट्रान्सपरेन्सी इन्टरनेशनलले चासो जनाएको हो। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानांगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सरकारले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन खोजेकामा ट्रान्सपरेन्सी इन्टरनेशनले चासो प्रकट गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘सत्ता र शक्तिमा पहुँचका आधारमा कसैलाई अपराधबाट उन्मुक्ति दिने तानाबाना बुन्नु जति अनुचित हो, स्वार्थको द्वन्द्व, रिसइबी वा बदलाको भावनाले कुनै पनि नागरिक विरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु पनि उत्तिकै अनुचित हो।’

भ्रष्टाचार, सार्वजनिक सम्पत्ति र रकमको अपचलन लगायतका अपराधमा राजनीतिक स्वार्थ र लेनदेनका आधारमा दबाउने, कारबाही नै प्रारम्भ नगर्ने, छानबिनै हुन नदिने कार्यप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलले चिन्ता जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, जालसाजी, सार्वजनिक सम्पत्ति र रकमको अपचलन लगायत गम्भीर आपराधिक मामिलामा राजनीतिक स्वार्थ र लेनदेनका आधारमा दबाउने, कारबाही नै प्रारम्भ नगर्ने, छानबिन नै हुन नदिने, मुद्दा नै नचलाउने, शक्तिको केन्द्रमा रहेका जिम्मेवार व्यक्तिहरूलाई छानबिनको घेराबाटै बाहिर राख्ने, चलिरहेको छानबिन नै रोक्ने, साथै अदालतले दोषी ठहर गरेकाहरूलाई समेत सजायबाट उन्मुक्ति दिने जस्ता घटना र प्रवृत्ति निरन्तर बढ्दै गएको देखिएकोमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल गहन चिन्ता व्यक्त गर्दछ।