Newyork Time 01:30 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

कफी गफमा गफिएका यी दुई “बाघ”लाई ईतिहासले जुराएको दुर्लभ अवसर

२०८० चैत्र २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.2K

होम लम्साल

संभवत गैरआवासिय नेपाली अभियानका केहि वरिष्ठ नेतृत्व लगभग नभेटिने गरी अलग बाटो तयगरी सकेका थिए । सर्वोच्च अदालतको फैसला अघिको अवस्था हेर्दा एनआरएन अभियान अनेकन कारण तीन किक्तामा पुगेको थियो । अनेकन कारण अदालतमा मुद्दाहरु थिए तर खासै मानिसहरु चासो राख्न छाडेका थिए तर एक्कासी मागदावी गर्नेहरुले पनि नसोचेको फैसला आयो । जुन फैसलाले केहि तरंग पैदा नै गरिदियो । फैसलालाई सबैले आआफ्नो तरिकाले व्याख्या गरेका छन तर बाध्यता सबैले मान्नै पर्दछ । यो फैसलाले एउटा महत्वपुर्ण अवसर जुटाएको छ त्यो हो दुई बाघहरु यत्ति छिट्टै एकै थलोमा गफिए । ति हुन संस्थापक एवं पुर्वअध्यक्ष जीवा लामीछाने पुर्वअध्यक्ष शेष घले ।
शेष घले गैरआवासिय नेपालीबीच चर्चित नाम हो । एनआरएन अभियानमा ढिला सहभागी भए पनि संस्थापकद्धय डा उपेन्द्र महतो र जीवा लामीछानेसंगै घलेको नाम नछुटाई आउँछ । कारण एउटा महत्पुर्ण समयमा एनआरएनएको नेतृत्व गर्ने अबसर पाए । नेपालमा गएको २०१५ को महाभुकम्पका बेला नेतृत्वमा पुग्ने मौका पाएका घलेले निकै महत्वपुर्ण भुमिका निभाए जसका कारण बार्पाकमा सयौ घरबारबिहिनले घर पाए भने मुलुकभरी नै एनआरएनको राहात पुग्यो । त्यसबेला हरेक नेपालीका मुखमा दुखमा एनआरएन भन्ने सुनिन्थ्यो । यतिबेला त्यहि मान चार्मसहितको एनआरएन रहिरहन सकेन । केहि समय एनआरएनको विवादमा मुछिएका घले फेरी सर्वोच्च अदालतको आदेशसंगै चर्चामा आएका छन । घले जे काम गर्दछन निकै लगनशिल भएर गर्दछन । उनि राजनीतिमा त्यति धेरै चासो राख्दैनन । तर पनि किन बेला बेलामा चर्चामा आउँछन त ? मुख्य कुरो एनआरएन नै हो ।
घलेको एनआरएनको साईनो डा महतो र लामीछानेको जति लामो छैन । डा महतो र लामीछाने संस्थापक हुन भने घले त्यहि अभियानको भंगालोमा मिसिन आइपुगेका एक यात्री हुन । घलेको एनआरएन अभियानमा जोडिने चाख लाग्दो संयोग छ । त्यो अहिले लेख्नु सान्र्दभिक छ । गैरआवासिय नेपाली संघको आसियाना क्षेत्रिय सम्मेलन सकेर जीवा लामीछाने नेपाल र्फिकदै थिए कि उनलाई लाग्यो आफुलाई नेतृत्वमा दोहोर्याउने दवावका बावजुद आफ्नो गतिलो उत्तराधिकारी छोडेर बिदा हुन रहर पलायो । त्यहि बेला आर्थिक हैसियतसहित प्रतिवद्धतामा अगनशिल काम गर्ने मान्छेका रुपमा घलेलाई भटे । यत्तिको मान्छेलाई (शेष घले) एनआरएनको नेतृत्वमा ल्याउनु पर्दछ भन्ने लाग्यो । लामीछानेको टीम यस कुरामा सहमत भएनन् । त्यतिखेर लामीछाने टीमबाट शसक्त उम्मेदवार थिए रामेश्वर शाह । शाह तत्कालिन उपाध्यक्ष पनि थिए र उनको दावेदारी न्यायिक पनि थियो । स्वभाविक रुपमा दावी न्याय संगत थियो पनि । तर त्यतिखेर घलेमाथी उम्मेदवार हुनसमेत विधानत नमिल्ने सम्मका प्रश्नहरु उठे । त्यतिखेर घले तयार भईनसक्दै लामीछानेले घलेको पक्षमा लविड शुरु गरे । शुरुवाती समयमा घले आफैले त्यति रुचि देखाएका थिएनन् । लामीछानेमाथी आफ्नै टीमबाट व्यापक प्रेसर थियो । सम्पुर्ण संस्थापकहरु र तत्कालिन कार्य समितिका बहुमत नेतृत्व लामीछानेले दोहोरयाए ठिक छ नत्र हामी उम्मेदवारी दिन्छौ भन्दै अग्रसर भए । अन्तत लामीछानेको अनुरोधलाई घलेले स्वीकार गरेर उम्मेदवारी दिए र लामीछानेले जिताएर देखाए पनि । घलेको पहिलो कार्यकाल निर्विवाद चल्यो पनि तर दोश्रो कार्यकाल शुरु नहुँदै जसले आफुलाई नेतृत्वमा ल्याए उसैलाई बाईपास गर्नथाली सकेको आभास लामीछानेलाई भयो । हुन पनि त्यतिबेला घलेलाई केहि जनजातीको रंग भिराउँदै राष्ट्रिय व्यक्तित्वबाट जनजाती नेताका रुपमा देवत्वकरण गर्न थालिएको थियो । जसको कारण पहिलो कार्यकालमा ज्यान दिएर सहयोग गरेका लामीछाने घलेको दोश्रो कार्यकालमा त्यति सक्रिय रहेनन । कमजोर प्रतिस्पर्धीका कारण घले पुन निर्वाचित भए । दोश्रो कायकालमा नेपालमा गएको भुकम्पका कारण काम देखाउने मौका पनि मिल्यो । जतिबेला विश्वभरका एनआरएन मुलुकका खातिर एकजुट भएर सहयोगमा होमिए ।
दोश्रो कार्यकाल नसकिदै घलेमाथी आफ्नी श्रीमतिलाई अध्यक्ष बनाउने दवाब थेग्न नसक्ने अवस्था आई पर्यो । घलेका निकटस्थहरु पनि भन्थे घले आफै जमुना गुरुडलाई अध्यक्ष उम्मेदवार बनाउने तयारी थिएनन तर घलेलाई देवत्वकरण गर्ने समुहले भाउजुलाई उम्मेदवार बनाउने विषयमा निणायक भुमिका खेलेका थिए । तर, निर्वाचनमा पराजित भए । भवन भटट अध्यक्ष जिते । त्यतिबेलासम्म लामीछाने र घलेको बोलचालसम्म रोकिएको भन्ने सुनिथ्यो । लामीछाने एनआरएन अभियानलाई विश्वभर फैलाएर संस्था दर्ता प्रक्रिया पुरा गर्ने प्रमुख भुमिकामा थिए भने घले संस्थाले सम्पुर्ण कानुनी प्रक्रिया सकेर काम गर्ने ठीक पारेको मौकामा कुर्सिमा आसिन भए र साँच्चिकै काम पनि गरे । जब जमुना गुरुडले चुनाव हारेपछि गैरआवासिय नेपाली अभियानमा नेपाली राजनीतिक रंग छिर्यो र दुई गुटमा विभाजन हुन पुग्यो । दुर्भाग्य नै भन्नु पर्दछ की यो बढ्दै गएर एनआरएन अभियान विभाजनसम्म पुग्यो । विभाजन पनि यसरी भयो की नेपाली राजनीति विर्साउने गरी तीन समुहमा विभाजन हुन पुग्यो । एउटा समुहको नेतृत्व गर्दै घलेले एनआरएनमा अलग्गै बाटो समाएर हिडीसकेका थिए । यतिसम्म विभाजन भयो की निर्वाचनमा हरेर पनि समानन्तर समिति सम्म बनाउँदै कार्यसमिति नै घोषणा गरे अन्तत यो मुद्दा अदालत पुग्यो । विभिन्न स्वार्थ समुहहरु सक्रिय भईसकेको कारण कहिले पुनरावेदन कहिले सर्वोच्च मुद्दाहरु पर्नेक्रम शुरुभयो । एनआरएन अभियानकर्ता र चासो राख्नेहरु पनि यो क्रमप्रति वाक्क भएर चुपचाप थिए । सरकार र मन्त्रि फेरिदैपिच्छे एनआरएनलाई गिजोल्ने क्रम बढी रहेकै थियो अकास्मत जस्तै सर्वोच्च अदालतले सायद कसैले पनि नसोचेको फैसला गर्यो ।
एनआरएन अभियानप्रति बहुसख्यक प्रवासीप्रति वितृष्णा उत्पन्न भएको अवस्थामा अदालतले जहाँबाट विवाद शुरु भयो त्यहिबाट सुधार गर भन्दै केहि आधारहरुसमेत दिएर आदेश आयो । सायदै सर्वोच्च अदालतले आदेशमा यस्ता कार्ययोजनासहितको आदेश विरलै दिने गर्दछ, त्यो आनआरएनलाई दियो । जो खाँटी एनआरएन थिए उनिहरु यो आदेशबाट एक पटक मिल्ने मौका हो भन्दै झिनो खुसी भएका छन । किनकी एनआरएन नेपालका लागि नभै नहुने संस्था हो भन्ने आभाष सर्वोच्च अदालतले गरेको आदेशमा झल्किन्छ । घले समुहले अर्कै नाममा र एनआरएनको नाममा समानान्तर गतिविधि शुरुगरी सकेको अवस्थामा घलेसहित लामीछानेलाई नै संस्था मिलाउने अभिभारा अदालतले तोकेरै दिएपछि फेरी एक पटक घले र लामीछाने आमनेसामने मात्र भएका छैनन तितरवितर भएका सन्तानलाई एउटै घरमा भित्र्याउन तम्तयार भएका छन । अदालतको आदेशपछि यी दुवै हस्तीको कफी गफ सार्वजनिक भयो पनि । यसबाट एनआरएन अभियान एक पटक सुद्धिकरण गरेर लैजाने विन्दुमा दुवैलाई संगै बनाएको छ । यो मौकालाई दुवैले सदुपयोग गर्नेछन र यो विघठनको संघारमा पुगेको अभियानलाई रक्तसन्चार गर्ने दुर्लभ मौका पनि हो । संस्थापक लामीछानेको छटपटी हेर्दा र सुन्दा लाग्छ जस्तो सुकै योगदान गरेर भएपनि यो संस्था मर्न दिनुहुन्न भन्नेमा दृढ देखिन्छ । त्यसैले पनि हुनसक्दछ यो अभियानमा पुर्व अध्यक्ष भएर पनि लामो समयसम्म सक्रिय रहि रहे । जहाँ पुगे पनि यो अभियानको उदेश्य र गन्तव्यको पक्षमा निरन्तर वकालत गरेर थाकेनन । हिजोका तितामिठा सबै विर्सेर दुवैले संस्थालाई एक बनाउनेछन । संस्थामा व्यापक राजनीतिक हस्तक्षेपहरु भए । राजनीतिक दलहरुले चुनावमा पैसा उठाउने मेलो मिलाए भने एनआरएनको नेतृत्वमा पुग्छु भन्नेहरुले नेताको दैलो नचारेसम्म नहुने रहेछ भन्दै देउसीपटक पटक खेल्न पुगे । अन्तत यो अभियानमा प्रवासीहरु नाक खुम्चयाउने अवस्था पुगेको बेला अदालतले पुर्नजिवन दिनसक्दछ भन्ने आम चासो सत्य भईदियोस । यी दुई पात्रबीचको कफी गफको सार्वजनिक फोटोले जसरी नयाँ सन्चार गराएको छ संस्थालाई एक बनाउने सन्र्दभमा मौकाको सदुपयोग गर्दै परिणाम पनि त्यस्तै आओस । यो अवसरलाई ईतिहासले दिएको जिम्मेवारी हो र यो ईतिहासले दिएको अवसरलाई नजरअन्दाज गर्ने छुट यी दुवैलाई छैन, जय एनआरएन ।