Newyork Time 11:48 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

इजरायलले इरानको हमलाको प्रतिक्रिया दिने तयारी

२०८१ बैशाख ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

830

बैठक इरानले इजरायलमाथि गरेको ड्रोन र क्षेप्यास्त्र हमलाको प्रत्याक्रमणबारे निर्णय गर्न केन्द्रित थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजरायली डिफेन्स फोर्सका प्रमुख हर्जी हलेभीले इजरायलले इरानको हमलाको प्रतिक्रिया दिने बताएका छन्। “इजरायली भूमिमाथि यति धेरै क्षेप्यास्त्र र ड्रोन हमलाको प्रतिक्रिया दिइनेछ,” उनले भने।

यद्यपि प्रत्याक्रमण कसरी र कहिले गरिने भन्नेबारे भने युद्ध समिति विभाजित भएको छ। बीबीसीले इजरायली स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै त्यहाँको मन्त्रिपरिषद्‌का सदस्यहरूले अमेरिकासँगको समन्वयमा प्रतिक्रिया जनाउन चाहेको उल्लेख गरेको छ। उता, अमेरिकाले भने इरान विरुद्ध कुनै पनि सैन्य गतिविधिमा आफू संलग्न नहुने बताइसकेको छ।

यता, इरानी सेनाका प्रवक्ताले भने आफूहरूले युद्ध विस्तार गर्न नचाहेको बताएको अल जजीराले उल्लेख गरेको छ। “हामी युद्ध विस्तार गर्न चाहँदैनौं, तर हाम्रो देशलाई आक्रमण गर्ने कसैलाई पनि बाँकी राख्नेछैनौं,” उनले भने।