Newyork Time 07:36 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

इरानी राष्ट्रपति इब्राहिम र विदेशमन्त्री अमिर चढेको हेलीकोप्टर दुर्घटनाग्रस्त, सवार नौ जनाको निधन

२०८१ जेष्ठ ७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

475

 

इरानका शक्तिशाली राष्ट्रपति इब्राहिम रैसी र विदेशमन्त्री होसेन अमिर चढेको दुर्घटनाग्रस्त हुँदा हेलिकोप्टरमा सवार नौ जनाको निधन भएको अन्तराष्ट्र्रिय सन्चार माध्यमहरुले जनाएको छ । रातीको समयमा खोजी कार्य संभव नभए पनि विहान दुर्घटनाग्रस्त हेलिकोप्टर दुघटनाग्रस्त अवस्थामा भेटिएको छ । अल जजिराले दिएको जानकारी अनुसार हेलिकोप्टर पुर्ण रुपमा क्षति भएकाले त्यसमा यात्रा गर्ने कोही पनि जिवित हुन नसक्ने बताएको छ । रोयटर्सले हेलिकोप्टर पुर्ण रुपमा जलेकाले रेस्क्यूमा संलग्नलाई उदृत गर्दै सवार कोही पनि जिवीत नरहेको जनाएको छ । हेलीकोप्टर दुर्घटना भएको स्थानमा पुर्ण रुपमा आगोलागी भएको र हेलीकोप्टर पुर्ण रुपमा जलेको देखिएको छ । इरानी सरकारी टिभीले अफिसियल्ली घोषणा गर्न बाँकी रहेको जानइएको छ ।

आइतवार उत्तरपश्चिम इरानमा दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा नौ जना सवारहरु रहेको इरानको तस्निम समाचारले बताएको छ। इरानी राष्ट्रपति इब्राहिम रैसी,विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान र अन्य अधिकारीहरू सवार बिमान आइतवार दुर्घटनामा परेपछि इरानको विदेश मन्त्रालयले खोज र उद्धार कार्यमा सहयोग गर्न इच्छुक धेरै राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रशंसा गरेको छ।
विदेश मन्त्री होसेन अमिर(अब्दुल्लाहियान पनि बोकेको विमान देशको पूर्वी अजरबैजान प्रान्तमा खसेको थियो । राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार रहेका थिए थिए । स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।

न्यायिक तथा धार्मिक कुलिन वर्गसँग निकट सम्बन्ध रहेका ६३ वर्षीय रइसीलाई इरानी सर्वोच्च नेता अली खोमेनीको सम्भावित उत्तराधिकारीका रूपमा समेत हेरिन्छ । रइसी सन् २०१७ मा समेत राष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । तर उनी हसन रुहानीसँग पराजित भएका थिए । दुर्घटना नै भए पनि चीन, रसियाले यो घटनालाई नजिकबाट हेरिरहेको जनाएको छ ।