Newyork Time 12:18 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

राष्ट्रपति बाईडेनका छोरो हन्टर बाइडेन बन्दुक दुरुपयोग गरेको अभियोगमा दोशी ठहर

२०८१ जेष्ठ ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

330

अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतबाट दोशी ठहर भएको पछिल्लो हप्ता वर्तमान राष्ट्रपति जो बाईडेनका छोरा हन्टर बाइडेन बन्दुकको मामलामा दोशी ठहर गरेको छ । एक संघीय जूरीले हन्टर बाइडेनलाई तीनवटा संघीय अभियोगमा दोषी ठहर गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुmे जनाएको छ । उनले लागूऔषध दुर्व्यसनीहरूलाई बन्दुक राख्नबाट रोक्ने कानूनको उल्लंघन गरेको ठहर गरिएको छ । अमेरिकी राष्ट्रपतिको नजिकको परिवारको सदस्यलाई उनीहरूको बुबाको कार्यकालमा अपराधको लागि दोषी ठहर गरिएको अमेरिकामा पहिलो घटना हो जो बर्तमान राष्ट्रपतिका छोरा हुन । यद्यपि उनका ती आरोपित अपराधहरू राष्ट्रपतिको रूपमा जो बाइडेनको कार्यकाल सुरु हुनुभन्दा अघिका थिए । राष्ट्रपति बाईडेनले आफ्नो सर्वोच्च अधिकार प्रयोग गरेर माफी दिन सक्नेथिए तर आफ्नो छोरोलाई माफी दिन ईन्कार गरेका थिए । यदि माफी दिएका भए छोरोले दोशी करार हुनुपर्ने थिएन ।

आज अदालत जाँदा उनि आवm्नी पत्नी मेलिसा कोहेन बाइडेनका साथमा संघीय अदालतमा पुगेका थिए । फैसला पढ्दा हन्टर बाइडेन भावुकता देखाएका थिए । फैसला सुनाएपछि उनि केहि निरासा देखिए पनि आफ्ना वकिललाई अंगालो हालेर धन्यवाद दिएका थिए । आफ्नो छोरोको विषयमा भएको फैसला सुनेर राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा न्यायिक प्रक्रियालाई सम्मान गर्ने भन्दै अदालतको फैसलाको सबैले सम्मान गर्नुपर्ने बताएका थिए । उता हन्टर बाइडेनले भने निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन दिने बताएका छन् ।