Newyork Time 05:22 am
May 19, 2024, Sunday
२०८१ जेष्ठ ६

शान्तिवार्ता भंग भएपछि इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण

२०८१ बैशाख २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

130

हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायलीली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ । सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । त्यसपछि ठूलो संख्यामा प्यालेस्टिनीहरु र घरबार छाडेर हिँडेको देखिएको छ । उनीहरु बालबच्चा, झोलाझ्याम्टा बोकेर उत्तरी रफाको खानयुनिसतर्फ गइरहेका छन् । इजरायली सेनाका प्रवक्ताले रफाबाट एक लाख प्यालेस्टिनीलाई बाहिर निकाल्न लागेको बताएका छन् ।

हमासले भने रफामा आक्रमण गरेर इजरायलले तनावलाई अझ बढाएको टिप्पणी गरेको छ । यसको परिणाम इजरायलले भोग्नुपर्ने चेतावनी दिँदै हमासले बन्धकहरुलाई मुक्त गर्न बाधा पुग्ने चेतावनी पनि दिएको छ । हमासको तर्फबाट वार्ता टोलीमा संलग्न सामी अबु जुहारीले इजरायल–अमेरिका मिलेर प्यालेस्टिनीमाथि आक्रमण गरेको भन्दै त्यसलाई आतंकवाद भनेका छन् र यसको जम्मेवारी अमेरिकाले पनि लिनुपर्ने बताएका छन् । इजिप्टले कतारसँग मिलेर हमासको नियन्त्रणमा रहेका १३२ जनालाई रिहाइ गर्न मध्यस्थता गर्दै आएको छ ।

पछिल्लोपटक इजिप्टको राजधानी कायरोमा इजरायल र हमासका वार्ता टोली सदस्यहरुबीच दुई दिनसम्म वार्ता भएको थियो । तर वार्ता निष्कर्षविहीन भएको थियो । वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ ।