Newyork Time 09:14 am
May 2, 2024, Thursday
२०८१ बैशाख २०

अहिले त पार्टी अध्यक्ष म हुँ : रञ्जिता श्रेष्ठ

२०८० चैत्र ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

425

नागरिक उन्मुक्ति पार्टी, अध्यक्ष, रञ्जिता श्रेष्ठ

तपाईंको पार्टी सरकारमा कि प्रतिपक्षमा छ ?

सरकारमा छ, हामी नयाँ गठबन्धनमै छौं। प्रतिनिधिसभाको बैठकमा पनि हाम्रो पार्टी सत्ता पक्षमै बस्यो। त्यसैले हामी सत्तापक्षमै छौं।

कसरी मान्ने के तपाईं सत्ता गठबन्धनमा हो भनेर, पार्टीको कुनै निर्णय नै बाहिर आएको छैन ?

निर्णय त आई हाल्छ नि  हामी छलफलमै छौं। केही दिन बिरामी भएकाले मैले पार्टीका नेताहरूसँग छलफल गर्न पाएको थिइनँ। अब छिट्टै सरकारमा जाने निर्णय हुन्छ।

तपाईं नयाँ गठबन्धनमा हो भनिरहनु भएको छ। सुदूरपश्चिममा तीन(तीन जना मन्त्रीहरू कांग्रेस नेतृत्वको सरकारमा शपथ लिइसकेका छन् ?

त्यो कुरा मलाई थाहा छैन। सुदूरपश्चिमको प्रदेश सभामा हामी ७ जना छौं। रेशमजी बिहीबार नै धनगढी जानुभएको हो। उहाँलाई कसले त्यस्तो सल्लाह दियो, मलाई थाहा छैन। पार्टीको आधिकारिक अध्यक्ष म हुँ। मसँग कसैले पनि सल्लाह गरेको छैन। मैले सरकारमा गएकाहरूलाई फिर्ता बोलाउन संसदीय दलका नेतालाई निर्देशन गरिसकेको छु।

संसदीय दलले बोलाएन भने के हुन्छ , ७ जना प्रदेशसभा सदस्यमध्ये ४ जना त मन्त्री नै भइसकेका छन्।

सल्लाह नगरी मन्त्री भए भन्दैमा हुन्छ। पार्टीको विधि विधान हुँदैन रु मैले संसदीय दललाई शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिन निर्देशन गरिसकेको छ। फिर्ता भएनन् भने त्यसपछिको प्रक्रिया छँदै छ।

त्यो भनेको के कारबाही हुन्छ भनेकोे हो ?

मेरै मुखबाट बोलाउन नलगाउनुस्। चार जना बेग्लै पार्टीका हुन् भने त मेरो भन्नु केही छैन। तर, नागरिक उन्मुक्ति पार्टीका हुन् भने पार्टीको विधानअनुसार अध्यक्षले दिएको निर्देशन उनीहरूले मान्नुपर्छ।

त्यसो भए रेशम चौधरी एकातिर तपाईं अर्कोतिर जस्तो देखिएन ?

देखियो त। यो पार्टी एउटा घटनापछि जन्मिएको पार्टी हो। यो पार्टी जन्माउन रेशमजीको ठूलो योगदान छ। तर, अहिले त पार्टी अध्यक्ष म हुँ नि १ मसँग कुनै परामर्स नै नगरी, छलफल नै नगरी सरकारमा जाने कुरा विधिसंगत हुन्छ र ? रेशमजीका धेरै कुराहरू हामीले विगतमा पनि मान्दै आयौं, अझ पनि मानौंला तर, उहाँलाई कसले यस्तो सल्लाह दिइरहेको छ।